Friday, April 26
Shadow

ने बि संघका नेता पवन थापाद्वारा पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण


  • -इ
  • इ+

नुवाकोट, माघ २७ । ने बि संघका नेता पवन थापाले पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

थापाले पन्चकन्या गाउँपालिका स्थित श्री भेडावारि मा।वि , श्री नामरुन आधारभुत विघालय र दुप्चेश्वर प्रा ।वि विद्यालय लाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । व्यक्तिगत तथा सिटिजन लाइफ इन्स्योरेन्स एजेन्सि म्यानेजरको तर्फ बाट शैक्षिक सामग्री हस्तान्तरण गरेको उनले बताएका छन् ।

कपि, कलम , सिसा , जाेम्याट्रीक वक्स, dictionary book , ten sets book  लगाएतका विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । साथै उनले यो सुरुवात भएको र केहि गर्ने अवस पनि पाएको बताएका छन् ।

हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवि रामेश्वर थापा , विशिष्ट अतिथि वडा अध्यक्ष मधु थापा , विशिष्ट अतिथि सिटिन्ज लाइफ इन्स्योरेन्स जरङखु शाखा प्रमुख स्वेच्छा उप्रेती रहेका थिए ।

साथै सामारोहमा समाजसेवि गणेश सिटौला ,समाजसेवि अर्जुन गिरि , स्कुल व्यवस्थापन परिवार र पुर्व व्यवस्थापन अध्यक्षहरु ,अभिभावक लगाएको सहभागीता रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares