Wednesday, October 28
Shadow

Author: Interview Nepal

विद्यालय बन्द गर्ने सरकारको तयारी

विद्यालय बन्द गर्ने सरकारको तयारी

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत १६ सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।...
सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)

सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, विचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
राजेन्द्र गजुरेल/काठमाण्डौँ, चैत्र १४ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार पनि त्यहाँका स्थानिय आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई सर्मथन जनाउँनका लागि नुवाकोटका संघिय सांसद, बाग्मती प्रदेशका उप सभामुख, स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो । त्यहाँ कस्ले के भने त  :    माग पुरा नभए आन्दोलनमा जनता उतारेर त्यसको नेतृत्व म आफैँ गर्छु : संघिय सांसद हित बहादुर तामाङ आन्दोलनमा हामि संग कुरा गर्दै नुवाकोट क्षेत्र नं १ का संघिय सांसद हित बहादुर तामाङले अहिले आफू जनताले बोलाएर आन्दोलनलाई सर्मथन गर्न आएको तर यस पटक पनि काठमाण्डौँ महानगरपालिका र प्रभावित क्षेत्र संग भएको सम्झौँता पु...
आमा आज मेरो जन्मदिन म यो बाचा गर्छु…..

आमा आज मेरो जन्मदिन म यो बाचा गर्छु…..

विचार
खगेन्द्र वस्ती आमा आज मेरो जन्मदिन यो संसार देखेको दिन यो संसारमा पाइला टेकेको दिन आज अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो लागि नसोचि नखाई नलाई यहाँ सम्म पुर्याउनु हुने मेरा प्यारा आमा बाबा प्रति नमन, त्यसैगरि कक्षा १० सम्म पढाई लेखाई अगाडि बढ्नु सधै सत्यको बाटो अपनाउनु ठुलो मान्छे बन्नु हामिले गर्ब गर्ने बन्नु भन्दै सधै सत्मार्गमा डोर्याउन मेरा गुरूबा गुरुआमा प्रति नमन । हो आमा आज म जन्मेको दिन हजुरको मुहारमा खुशि छाएको दिन ति आशुले भरिएका आखामा खुशि आएको दिन बर्षौ देखि छोरो भयन भनि रून्चे अनुहारमा खुशि छाएको दिन म कसरि सम्झु आमा म त एक पात्र मात्र थिए मलाई यो संसारमा जन्मदिनु भयो अब सधै सत्यको मार्गमा हिंड्नेछु बाबाको र हजुरको नाम उच्च राख्नेछु आमा। आमा म कसरि बणन गरू हजुरलाई म संग बणन गर्नलाई कुनै शब्द छैन आमा कुनै शब्द भेटिन आमा आमा भन्ने शब्द कति महान ...
सिसडोलवासि उत्रिए सडकमा, फोहोरको गाडि गएन नुवाकोट तर्फ

सिसडोलवासि उत्रिए सडकमा, फोहोरको गाडि गएन नुवाकोट तर्फ

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, चैत्र १३ नुवाकोट सिसडोलका बासिन्दा विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन नसक्ने भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा आज पनि स्थानिय सडकमा उत्रिएका छन् । नुवाकोट र काठमाण्डौँको संगम स्थल ठूलो खोलाबाट नुवाकोट फोहोरको गाडि छिर्न नदिने उदेश्यका साथ सडकमा उत्रिएका छन् । अबरुद्ध गर्ने पूर्व जानकारी भए अनुरुप फोहोरका गाडि काठमाण्डौँबाट त्यस तर्फ गएका छैनन् । आन्दोलनमा स्थानियवासि, शिक्षक, जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको छ । ...
कोरोना संक्रमणको जोखिम बढेसँगै देशभर उच्च सतर्कता , विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

कोरोना संक्रमणको जोखिम बढेसँगै देशभर उच्च सतर्कता , विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , चैत १२ । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ । सिमा नाकामा स्वास्थ्य डेस्कलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा पनि अनिवार्य मास्क लगाउन प्रशाशनले निर्देशन दिएको छ । यसैगरी होली लगायतका सांस्कृतिक एवं ऐतिहासिक पर्व सार्वजनिकस्थलमा मनाउन रोक लगाईएको छ । बढी भिडभाड हुँदा संक्रमण तिव्र गतिमा फैलिने भएकोले यो वर्ष पनि सार्वजनिकस्थलमा होली नमनाउन प्रशाशनले आग्रह गरेको हो ।यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने क्वारेन्टीइन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्न भनिएको छ । विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्न...
विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी

विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी

खेलकुद
काठमाडौँ, चैत १२ । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा बेल्जियम विजयी भएको छ । बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोलले पराजित गरेको छ ।बेल्जियमले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकालेको हो । बेल्जियमको जितमा केभिन डी ब्रुएन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता वेल्सले बनाएको थियो । खेलको ११औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २२औँ मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याए । २८औँ मिनेटमा हाजार्डले गोल गरेपछि बेल्जियमले २-१ को अग्रता बनायो । ७३औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ को सहज जित दिलाए । जितसँगै समूह ‘ई’ को बेल्जियमले ३ अंक जोडेको छ । बेल्जियम समूहको दोस्रो स्थानमा रहेको छ ।...
भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत १२ । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् । भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् । भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ । भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ । भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । यता भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ ।...
जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत १२ । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नु भयो,’...
दोस्रो लहरको त्रास :  ब्युँताउन थालियो कोभिड अस्पताल

दोस्रो लहरको त्रास : ब्युँताउन थालियो कोभिड अस्पताल

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १२ । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश–१ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चापागाईंले भने, ‘बिरामी आउनसाथ राख्न समस्या हुन दिने छैनौँ ।’ करारका चिकित्सक, नर्स र पारामेडिकलाई फागुन २८ गते हटाइएको थियो । अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए ।...
आजको मौसमः मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ, चैत १२ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशको पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।...