Sunday, May 10
Shadow

Author: Interview Nepal

होली लगायतका चाडपर्व मनाउन रोक

होली लगायतका चाडपर्व मनाउन रोक

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, चैत्र ११ भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । “विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा–सम्मेलन, भेला, चाडपर्वलगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,” सूचनामा भनिएको छ । यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ । मंगलबार दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै डीडीएमएले यस्तो आदेश जारी गरेको हो ।...
सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु

सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , चैत ११ । म्यान्मारमा सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु भएको छ । फेब्रुअरी १ को सैनिक कूु पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोलि लागेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसीले उल्लेख गरेको छ । सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यान्मारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यान्मारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ । सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ । स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोलि हान्दा उनलाई लागेको उल्लेख गरेका छन् । बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ बर्षिय ...
कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, ११ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ । भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको गतिविधिमा कडाइ गर्न थालेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे निर्देशन जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । निर्देशनमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको ...
लकडाउनको एक वर्ष :  फेरि सम्भावना कति ?

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ११ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ? ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। सागरराज भण्डारी गत वर्षझैं लकडाउन घोषणा गर्नु त्रुटिपूर्ण हुने बताउँछन् । ‘कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनलाई सिफ्टअनुसार सञ्चालन गर्नुपर्छ’, निर्देशक डा। राजभण्डारी भन्छन्, ‘सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’ उनका अनुसार नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ । ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हु...
खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा

खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी धारामा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ११ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने ।...
कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी, हेर्नुहोस यस्तो छ

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी, हेर्नुहोस यस्तो छ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ११ । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ ।केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ ।गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो । अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ ।नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । गृह मन्त्रालयद्वारा जारी व...
कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कपिलबस्तु चैत्र १०।  कपिलबस्तुको कृष्णनगर नगरपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई १३ औं चरणमा औषधि खुवाउने कार्यक्रम तय भएको छ । कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा मंगलवार स्वास्थ्य चौकी चैपुरवाको हलमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा , नगरपालिका कर्मचारी, विभिन्न वडाका वडाअध्यक्ष , संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सि। अ।हे।वा। विष्णु पौडेलले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो । अन्तरकृया कार्याक्रममा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको प्रमुख शंकर भट्टराई ले सरूवा रोग भएका...
प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ :  देउवा

प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् । आज ९मंगलबार० सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् । उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउने समेत चेतावनी दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठ...
मन्त्री थापाको दाबि -नेपालको ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच छ

मन्त्री थापाको दाबि -नेपालको ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच छ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानी सम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला हुन् भनेका छन् । राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानी सम्बन्धी लक्ष्यहरूको कार्यान्वयन सम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको उनले बताए । नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताक...
त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात

खेलकुद, मुख्य समाचार
काठमाडौँ, चैत १० । दशरथ रंगशालमा आजबाट शुरु भएको त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । बंगलादेश र कीर्गिस्तानबीच भएको उद्घाटन खेलमा बंगलादेश १-० गोल अन्तरले विजयी भएको हो । कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता लिन सफल भएको थियो । सोही एक गोल नै निर्णायक बन्यो । ३० औं मिनेटमा बंगलादेशले उपहार गोलमा अग्रता बनाएको थियो । किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए । बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि किर्गिस्तानले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेन । बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र किर्गिस्तानको सहभागिता छ। समूह चरणमा शीर्ष दुईमा प...