पामेल उपाध्यय
बाल्यकाल मै सुनेको क्रान्ती, वलिदान, वर्गसंघष, साम्यवाद, जीन्दावाद, मूर्दावाद को नारा बिर्सन सक्तैन। यस्को भूत सवार जिवितै हुञ्छ। स्कुले जीवन सकेर कलेज पुग्ने बित्तिकै हाजिर हुन नपाउदै पढाइ छाडेर बन्द हड्ताल गर्दै चोक गल्ली हाट बजारमा, सोभियत कालिन अग्रगमन का भाषण गर्दै जन्म दिने आमा, कर्म दिने बुबा, शिक्षा दिने गुरु र पुरै समाज लाई शत्रु ठान्न पुग्दछ। अन्तत: करदाता र मतदाता मा परिणत भएको उस्को राजनीतिक, विदेश यात्रा नै अन्तिम गन्तव्य बन्न पुग्दछ। तर, आफू मा सवार भएको साम्यवाद को भूत लाई सफल पारी आमा बुबा गुरु र समाज लाई गलत सावित जो गर्नु छ।
बिदेश र परिश्रम यस्तो चिज हो जहाँ सेकेण्ड को महत्त्व हुञ्छ। उस्लाई रातभरी निन्द्रा लाग्दैन। ऊ मेहनती छ। नशा नशामा क्रान्तिका भ्रुण हरु दौडिरहेका हुञ्छन्। दक्षिणपन्थी र साम्यवाद को व्याख्या र फरक छुट्टयाउने अथाहा ज्ञान को भण्डार छ। ग्रेटवार को युद्ध होस् वा दोश्रो विश्व युद्ध, आफै सामेल भएको झै गफ गर्छ। जून राजनीतिक पद्धति ले ऊ बिदेशियो। जून दल को उदेश्य विहिन गन्तब्य ले ऊ विदेशियो। हरेक कोण बाट फेल भएका नेता को राजनीतिक सिद्धान्त ले ऊ विदेशियो। रोजगार का कयौं उद्योग हरु लाई दलिय शासन पद्धति ले ध्वस्त पार्दै बेरोजगार बन्दै उ विदेशियो त्यसको उस्लाई कुनै प्रवाह छैन। छ त कसरी दलिय संगठन बनाउने र त्यसको अध्यक्ष बन्ने।
अन्ततः उस्ले छुट्टी को समय पारेर समाज सेवा को नाममा, समुन्द्र को किनारामा होस् वा पार्क र चौतारामा अनि होटल, बजार र कोठामा आनन्दको अनुभुति गरेर एकआपसमा सान्त्वनाका गफ गरेर थकान मेटिरहेका परिश्रमी हरु जम्मा गरि क्रान्ती को राग ओकल्न थाल्छ, दलिय संगठन बिस्तार को नाममा। हो हामी त बेकामे नै रहेछौं नि, देश मा त यस्तो पो भैरहेको रहेछ भनेर आनन्दको मन लाई गिजोल्न थाल्छ, दुनियाँ लाई बेवकुफ ठानी बिदेशी भूमिमा। लाखौ लाख बिदेशीनु को कारण स्वयम् उस्लाई पनि थाहा छ तर भन्न चाहादैन। किनकी सान्त नेपाली को मन लाई चौका मा राखी बेल्ना ले पेल्न पाउदैन। बरु, क्रान्ती र संघर्ष का रित्ता भाडाहरु बजे झै भट्याउन थाल्दछ सबै लाई शत्रु ठान्दै।
आजकाल यस्ता सबैलाई शत्रु ठान्ने दलिय संगठन हरु थान का थान पाइन्छन् अरव तिर। २/४ कार्टुन पानी सित्तैमा ख्वाएर माहान समाजसेवी कहलिन पाईन्छ अरव तिर। अलिकती दान दक्षिणा प्रदान गरेर आफैले आफैलाई माहान भन्दै हिड्न पाईन्छ अरव तिर। हजार मा सामान बेच्न आठ सय को बिज्ञापन गर्नु पर्छ तर, एउटा मान्छे लाई हजार मा बेची आठ सय नाफा खान पाईन्छ अरव तिर। घोणागाडी डलर पैसा सबै भए श्रीकृष्ण को लिला राम राम राम…… अरव तिर। अध्यक्ष भएको नाता ले जताततै आसन ग्रहण गर्न पाईन्छ अरव तिर। कहिले काहीं नेपाल बाट अनुत्पादक थोत्रा नेता झिकाएर सेल्फी हानिरहेको देख्न पाइन्छ अरव तिर।
उस्को जीवन मा सधै खड्की रहेको क्रान्ति र साम्यवाद को अधुरो भूत लाई खादा माला र अविर ले सुसज्जित हुँदै क्रान्ती सफल पारेको झै गरि अग्रगमन को विजय उत्सव र प्रतिगमन विरुद्ध को दुईहरफे स्टाटुस लेखी फल्ना-फल्ना को उपस्थितिमा आज को कार्यक्रम सब्य र भब्य भएको जानाकारी गराउदै कहिले राष्ट्रिय पोषाकमा त कहिले टाईसुट मा सजिएर सामाजिक सञ्जाल मा सभापति ले कार्यक्रम समापन गर्नु अघावै पोष्ट्याउन शुरु गर्छ। यिन को लिला को व्याख्या गरि साध्य छैन, छोटकरी मा आज लाई यति नै भने।
अ साच्चै झण्डै छुटेछ- अस्ति भर्खरै संसद विघटन को विरुद्ध सर्वोच्च को फैसला लाई स्वागत गर्दै लड्डु को ख्वाई को ख्वाई खेल सङ्गै कतै मैनवत्ती त बालेनन् भनेर हामी नेपाली हरुको जमघट हुने मुख्य गल्ली चोक पार्क र समुन्द्र को किनारा तिर गएर हेरे। लड्डु खेलाउदै मैनबत्ती जलाउदा को रोमाञ्चक बखतमा उपस्थिती हुन नसके पनि जलिसक्ता अन्त्यमा पग्लेर जमेको थेगर को छेवैमा बसि, हाम्रै नेपाल आमा ले जन्माएको वीर क्रान्तिकारी मित्र ले गरेको कार्य संझी एकछिन सुम्सुम्याउदै, मैले नबुझेको हो कि बुझाउन नसकेको हो ! सोच्दै सोच्दै………सेल्फी खिच्ने रहर अधुरै रह्यो।
पुनष्च: दलिय संघठन मा लागेर क्रान्ती को राग ओकल्ने मेरा कयौं मित्रहरु हुनुहुञ्छ, सबैलाई एकमुष्ट लालसलाम। तर, मेरो अनुरोध- कृपया ट्याग गर्ने काम चाहिँ नगर्नु होला। धन्यवाद, नमस्कार ।
#सबैको_जयहोस्