हरित साउदी अरेबिया ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने
शहबाज खान
बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ ।
यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन नदिने सामुद्रिक जीवनको रक्षा र सुधार गर्ने तथा भावी मानब पुस्ताको भबिष्य गुणस्तरीय तुल्याएर सुरक्षित राख्ने अत्यन्तै महवपूर्ण सामयिक उदेश्य राखेको छ ।
यस अभियानले बिश्वमा कार्बन उत्सर्जन ४ प्रतिशतले घटाउन योगदान पुग्दछ भन्ने दाबी गरिएको छ भने २०३० सम्ममा स्वच्छ ऊर्जा उत्पादनको हिस्सामा पनि ५० प्रतिशतले बढाउने नीति पनि रहेको छ ।
यो ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ पहलको प्रयास मध्यपूर्बका देशहरुका बीच समन्वय गर्ने र ...









