Wednesday, April 24
Shadow

नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र १६
नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ । नेपालले फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको हो ।

नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालका लागि खेलको १८औं मिनेटमा संजोग राई र खेलको ४२औ मिनेटमा विशाल राईले गोल गरेका थिए । त्यस्तै खेलको ८३औ मिनेटमा बंगलादेशका महबुर रहमानले गोल गरेका थिए ।

यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको थियो । त्यस्तै बंगलादेशले भने कीर्गिस्तान यू-२३ लाई १-० गोलले पराजित गरेको थियो भने नेपालसँग यसअघि गोलरहित बराबरी खेलेको थियो ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले फाइनल खेल पुरै हेरेका थिए । त्यस्तै फाइनल खेलमा नेपालका विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अन्तिम खेल खेलेका छन् ।

विराज खेलको ८९ औ मिनेटमा मैदान प्रवेश गरेर आफ्नो अन्तिम खेल खेलेका थिए । विराजले नेपालका लागि ७३औ अन्तर्राष्ट्रिय खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय क्यारियर टुंगाएका हुन् । उनी नेपालका लागि अहिलेसम्म सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares