Friday, April 26
Shadow

आमा आज मेरो जन्मदिन म यो बाचा गर्छु…..


  • -इ
  • इ+

खगेन्द्र वस्ती
आमा आज मेरो जन्मदिन यो संसार देखेको दिन यो संसारमा पाइला टेकेको दिन आज अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो लागि नसोचि नखाई नलाई यहाँ सम्म पुर्याउनु हुने मेरा प्यारा आमा बाबा प्रति नमन, त्यसैगरि कक्षा १० सम्म पढाई लेखाई अगाडि बढ्नु सधै सत्यको बाटो अपनाउनु ठुलो मान्छे बन्नु हामिले गर्ब गर्ने बन्नु भन्दै सधै सत्मार्गमा डोर्याउन मेरा गुरूबा गुरुआमा प्रति नमन ।

हो आमा आज म जन्मेको दिन हजुरको मुहारमा खुशि छाएको दिन ति आशुले भरिएका आखामा खुशि आएको दिन बर्षौ देखि छोरो भयन भनि रून्चे अनुहारमा खुशि छाएको दिन म कसरि सम्झु आमा म त एक पात्र मात्र थिए मलाई यो संसारमा जन्मदिनु भयो अब सधै सत्यको मार्गमा हिंड्नेछु बाबाको र हजुरको नाम उच्च राख्नेछु आमा।

आमा म कसरि बणन गरू हजुरलाई म संग बणन गर्नलाई कुनै शब्द छैन आमा कुनै शब्द भेटिन आमा आमा भन्ने शब्द कति महान छ है जो कि गुमाइ सकेपछि कहिलै नपाउने रैछौ आमा म हजुर जस्तो हजारौ आमाको आशु पुछ्ने छु हजुर जस्तै हजारौ आमाको दुखको मल्हम बन्ने छु हजारौ आमाको सहारा बन्ने छु हजारौ दिदिबहिनीको सहारा बन्ने छु हजुरले दिएको त्यो अपार माया म उहाँहरूबाट पनि पाउनेछु आमा हजारौ दिदिबहिनीलाई बलात्कार हुनबाट जोगाउनेछु सधै सत्यको मार्गमा हिंड्नेछु आमा ।

आमा हजुरको नाम सधै उच्च राख्ने छु हजुरले सिकाएको आदर सम्मान मैले कहाँ बिर्सेको छु र आमा त्यो माया आदर सम्मान कहिलै बिर्शने छैन आमा म अब केहि दिनमा उच्चशिक्षाको लागि बाहिर जानेछु त्याहाँ मात्र हजुरको आशिर्वादको खाचो हुने छ आमा सधै एक्लो भयको महसुस हुनेछ आमा, आमा म हजुरको दशधारा दुधको रिण त तिर्न नसकुला तर मेरि आमा म हुदा सम्म म रहे सम्म हजुरलाई केहि दुख कष्ठ हुनदिने छैन आमा।

यो महान शब्दको म कसरि बर्णन गरू आमा म त शब्दमा यो सबै लेख्न बेतित छु मेरो जिबनमा कहिले ब्यबहारमा यो सबै शब्द उतार्न पाउला मेरो जिबनकोअरू के हि लक्ष्य छैन आमा बस मेरा भगवान जस्ता आमा बाबालाई सधै खुशि राख्न पाउ मानिस कति निर्दयि छन है आमा भगवान खोज्न मन्दिर पस्छन् किन पस्नु पर्यो मन्दिर आफ्ना आमा बाबा लाईसधै माया गर घृणा नगर सधै उहाँहरूको भनेजस्तै काम गर किन खोज्न जानु पर्यो भगवान हो आमा म मन्दिर नि त्यहि पाउछु भगवान नि त्यहि पाउछु आमा बाबा नि त्यहि पाउछु त्यो हजुरको चरणमा छु र सधै त्यहि हुनेछु आमा ।

हो बा आज म जन्मेको दिन कमाय एति धेरै सर्टिफिकेट तर पायन अझै यो नेपालमा जागिर

बा वर्षौं भइसकेछ
हजुरको दौराको छेउ समातेर
सानो काठको पाटी बोकेर
भविष्य खोज्नको लागी
रुँदै रुँदै पाठशाला धाएर
पढाईको जग बसालेको

बा,सधैं भनिरहनु हुन्थ्यो कखरा पढाउँदा
ए छोरा राम्रोसँग पढ, त्यो मास्टरलाई हेर त,
त पनि त्यस्तै ठूलो मान्छे बन्नु पर्छ
तै होस् हाम्रो जिन्दगी र भबिस्य
तैंले हाम्रो पसिनाको मूल्य बुझ्नु पर्छ
सपना साकार पार्नु पर्छ छोरो

बा, मत ठूलो भइसके छु
हजुरले सोचेको भन्दा धेरै ठूलो
जुँगाका रेखिले झ्याङ हालिसके
तोते बोली भागेको पनि वर्षौं भइसक्यो
मन बरालिन थालिसक्यो
मत जिन्दगीको मध्यान्तर तिर पो पुगिसके छु

बा, म त्यही भिडभाडको सहरभित्र
एक्लै हजार सपना बोकेर हजुरको आडमा,
रित्ता गोजी लिएर हिँडिरहेको
दशक बितिसके छ
तर मसँग सम्पति अरु केही छैन
छन् त्यही वर्षौं देखि पाठशाला धाएर
कमाएका एक दर्शन सर्टिफिकेटहरु

बा,ती एक दर्जन बाकासका सर्टिफिकेटहरुले
केही पुराएन,नत केही दियो हामीलाई
म मध्यान्तरबाट उतरार्धतिर तिर जादै छु
फेरी केही सर्टिफिकेट कमाउन
म अझै सयौ दिन भोकै बस्न तयार छु
म अझै सयौ रात अनिदो हुन तयार छु
तपाईं त्यो पाखो बारी र गैरिखेत
बन्दकी राख्ने सुरसार जुटाउनुहोस्
के बल त्यसैका लागी

यहाँ प्रश्न कस्लाई गर्नु??
र आफ्नै जिन्दगीलाई प्रश्न गर्छु
अनि सोध्छु,
हाम्रो दरिद्र कहिले जान्छ?
कहीले पाउँछौं सुकिलो लाउन?
कहीले पाउँछौं मसिनो खान?
कहीले पाउँछौं हात पाखुरा नजोडी
दुई पैसा नखुवाई जागिर खान?
अनि आनन्दले दुई पैसा कमाउन?
कहीले पाउँछौं आनन्दको श्वास फेर्न?
यतिका धनपैसा समय खर्च गरी
नखाई नलाई कमाएका यी सर्टिफिकेटले
गरेको लगानी उठाउन सक्ला???????

बा, छोराले नयाँ कमाउँदै छ भन्ने आशमा
पुराना नबिर्सनु,
न बिर्सनु बारम्बार त्यो बाकस खोल्न
नत्र , धमिराले वाल्मीकि सम्झेर के के गतिदेलान
तपाईं बचाउँदै जानुस्
म थप्दै जाउँला म थप्दै जाउँला

#कैलाली संवाददाता खोज तथा निष्पक्ष पत्रकारीताको आशलाग्दो र निडर व्यक्तित्वलाई ईन्टरभ्यु नेपालको तर्फबाट जन्मदिनको शुभकामना । साथै आगामीमा उन्नती प्रगतिको कामना

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares