Tuesday, April 23
Shadow

सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)


  • -इ
  • इ+

राजेन्द्र गजुरेल/काठमाण्डौँ, चैत्र १४
नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार पनि त्यहाँका स्थानिय आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनलाई सर्मथन जनाउँनका लागि नुवाकोटका संघिय सांसद, बाग्मती प्रदेशका उप सभामुख, स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो । त्यहाँ कस्ले के भने त  : 

 

माग पुरा नभए आन्दोलनमा जनता उतारेर त्यसको नेतृत्व म आफैँ गर्छु : संघिय सांसद हित बहादुर तामाङ

आन्दोलनमा हामि संग कुरा गर्दै नुवाकोट क्षेत्र नं १ का संघिय सांसद हित बहादुर तामाङले अहिले आफू जनताले बोलाएर आन्दोलनलाई सर्मथन गर्न आएको तर यस पटक पनि काठमाण्डौँ महानगरपालिका र प्रभावित क्षेत्र संग भएको सम्झौँता पुरा नभए आफैले सडकमा जनाता उतार्ने र त्यसको नेतृत्व पनि आफैले गर्ने बताए । साथै उनले यस अघि पनि धेरै पटक प्रभावित क्षेत्रको पक्षमा काम गरेको छु, पटक पटक धेरै वार्ता भए अब पटक पटक होईन अन्तिम पटक वार्ता गर्ने छौँ ।

सिसडोलमा आएर एक रात विताउनुस् : उप सभामुख तामाङ
वाग्मती प्रदेशका उप सभामुख राधिका तामाङले काठमाण्डौँ महानगरपालिकाका मेयरलाई नुवाकोटको सिसडोलमा आएर एक रात विताउन आग्रह गरेकि छिन् । आन्दोलनमा एक्यवद्धता जायर गर्दै उप सभामुख तामाङले फोहोरको दुर्गन्ध कस्तो हुन्छ भन्ने थाहा पाउन पनि केन्द्र सरकारका प्रतिनिधि देखि महानगरका प्रतिनिधिलाई समेत यहाँ ल्याएर राख्नु पर्ने बताईन् ।

काठमाण्डौँको फोहोर मेयरकै घरमा राख, म ५ करोड दिन्छु : ककनी प्रमुख लामा
काठमाण्डौँ महानगरका मेयरले फोहोर आफ्नो घरमा राख्ने हो भने त्यहाँ बाट आउने पैसा नि नचाहिने र उल्टै ककनी गाउँपालिकाको विकाश बजेटबाट काटेर ५ करोड दिने बताए । सम्झौँता कार्यान्वयन नभए सम्म अब ककनीवासिले नछोड्ने उनले बताए ।

फोहोर र मान्छे एकै ठाउँमा बस्न सक्दैन : वडाध्यक्ष बजगाई
ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईले फोहोर मान्छे एकै ठाउँमा बस्न नसक्ने कुरा महानगरलाई बुझाउनु आवश्यक भएको बताए । पहिले देखि नै भएका धेरै सम्झौताहरु आफू जनप्रतिनिधि भएर आएर पटक पटक महानगरलाई भन्दा पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

माग पुरा नभए सम्म सडकमा नै रहन्छौँ : वडाध्यक्ष पौडेल
सम्झौँता भएका कुराहरु कार्यान्वयन नभए सम्म आफूहरु सडकमा नै रहने ककनी गाउँपालिका वडा नं २ का अध्यक्ष केदार पौडेलले बताए । सरकारको सचिव स्तरीय टिम नै आएर भएको सम्झौँता समेत आज सम्म कार्यान्वयनमा नआएको उनले बताए ।

माग पुरा नभए सम्म आन्दोलन निरन्तर रहन्छ : वडाध्यक्ष बलामि
काठमाण्डौँ महानगरले आफ्नो ५२ औँ कार्यपालिकाको बैठकले उद्घोष गरेको कुरा पुरा नभए सम्म आन्दोलनलाई निरन्तरता दिई रहने ककनी गाउँपालिका वडा नं १ का अध्यक्ष चन्द्र बहादुर बलामिले बताए । महानगरले प्रभावित क्षेत्रका १६ वटा विद्यालयलाई ५१ वटा कोटा दिने निर्णय गरेको थियो ।

आन्दोलनमा सबै सहभागी बनौँ : विश्वास डि.सि अध्यक्ष फोहोरमैला व्यवस्थापन सरोकार समिति
काठमाण्डौँको फोहोरले हाम्रो घर दैलो फोहोर भएकाले त्यसको प्रतिवाद गर्नको लागि सबै एक जुट भएर आन्दोलनका उत्रन फोहोरमैला व्यवस्थापन सरोकार समिति अध्यक्ष विश्वास डि.सि ले सबैमा अनुरोध गरेका छन् । शिक्षा, स्वास्थ्य, यातायातको सहज उपलब्द्धता फोहोर ल्याएको कारणले मात्र नभई राज्यको आम नागरीकको हिसाबले पनि सो अधिकार पाउँनु पर्ने उनले बताए ।

सम्झौँता पुरा नभए सम्म फोहोर ठप्प पाछौँ : अनिश शर्मा ढुंगाना संयोजक फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संर्घष समिति
आफ्ना मागहरु पुरा नभए सम्म फोहोरको गाडीलाई ठप्प पार्ने फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संर्घष समितिका संयोजक अनिश शर्मा ढुंगानाले बताए ।

सम्झौँता कार्यान्वयन नभए सम्म संर्घषमा रहनेछौँ : विद्यार्थी नेता कोईराला
अनेरास्ववियू नुवाकोटका सह संयोजक विनोद कोईरालाले प्रभावित क्षेत्र संग भएको सम्झौँता कार्यान्वयन नभए सम्म आफूहरु पनि निरन्तर संर्घषमा रहने बताएका छन् । आन्दोलनमा प्रभावित क्षेत्रका मात्र नभएर पुरा नुवाकोटवासिको एक भएर लाग्ने उनले बताए ।

बाँकि हेर्नुहोस् भिडियोमा……

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares