काठमाण्डौँ, चैत्र १३
नुवाकोट सिसडोलका बासिन्दा विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन नसक्ने भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा आज पनि स्थानिय सडकमा उत्रिएका छन् ।
नुवाकोट र काठमाण्डौँको संगम स्थल ठूलो खोलाबाट नुवाकोट फोहोरको गाडि छिर्न नदिने उदेश्यका साथ सडकमा उत्रिएका छन् । अबरुद्ध गर्ने पूर्व जानकारी भए अनुरुप फोहोरका गाडि काठमाण्डौँबाट त्यस तर्फ गएका छैनन् । आन्दोलनमा स्थानियवासि, शिक्षक, जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको छ ।