Sunday, May 10
Shadow

Author: Interview Nepal

मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १०। सिरहाको नरहा गाउँपालिका–२ पानवारी चोकमा २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स६प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स८प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो । दुर्घटनामा परी स६प ९१५१ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिका–४ निवासी २८ वर्षीय दीपु पासवान र स८प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका निवासी २५ वर्षीय गुरुदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको र उनीहरू सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।...
कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
काठमाडौं, चैत १० । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्घ छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्घ भएको हो । महाबुमा रहेको टावर मार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए । तत्कालका सेवा सञ्चालन गर्न काठमाडौँबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिल...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी:  मन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी: मन्त्री ज्ञवाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगेको बताए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् । भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भ...
अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए । ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए । ‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो ।...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत १० । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।  ...
संचारकर्मी अन्जु राईको “औठी सुनैको” सार्वजनिक

संचारकर्मी अन्जु राईको “औठी सुनैको” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर, चैत्र १० । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा संचारकर्मी अन्जु राईको “औठी सुनैको” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतमा निकेश तामाङ्ग र तुलशा तामाङ्ग को सुमधुर स्वर रहेको छ । “औठी सुनैको” बोल गीतमा रमन पहाडी को लय छ भने शब्द संचारकर्मी राई को रहेको छ । यो दोहोरी भाकालाई लेकाली सामाखुशी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने सो गीतलाई मन बराल ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज यम थापामगर ले गरेका छन् । कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने संचारक...
नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , चैत १० । नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो । प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् । भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । २०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछिको दुई वर्षमा चन्द समूहबाट ४ सर्वसाधारण र सुरक्षा कारवाहीमा चन्द समूहका ४ जनाको ज्यान ग...
पश्चिमी वायुको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , चैत १ । मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ ।आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ । बिहानको मौसमको अवस्था भने सामान्य नै रहेको पूर्वानुमानमा उल्लेख छ । देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ । यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ । भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज रातिको मौसमको अवस्था पनि थोरै स्थानब...
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १० । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ छ ।...
नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, चैत १०। नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षरअघि दु...