Friday, April 26
Shadow

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र १७
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ६३ हजार २०६ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख १४ हजार २६८ जना, भारतमा १ लाख ६२ हजार १४७ जना, रूसमा ९८ हजार ३३ जना, बेलायतमा १ लाख २६ हजार ६१५ जना, फ्रान्समा ९४ हजार ९५६ जना, इटालीमा १लाख ८ हजार ३५० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख ८७ हजार ८३७ छ । यसमध्ये ९४ हजार ६६६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १० करोड ३४ लाख ३८ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ५५ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares