पामेल उपाध्यय
सिंहदरबारमा बसेर गर्न सक्ने तर, गर्न नचाहाको हो वा इच्छाशक्ति नभएको नेताहरु हो ! यो माहामारीमा मरिरहेका नागरिकहरु कुन पार्टीका हुन् ! ब्याक्तिगत स्वार्थ र मुलुक अधोगती को निम्ति एकजुट हुने स्वरहरु आज किन राष्ट्रिय समस्या आईपर्दा सामान्य छलफल र बैंठक सम्म चलाउने जागर देखाउदैन। कि बिज्ञप्ति निकाल्नु पर्यो, यी मर्ने नागरिकहरु मेरो पार्टीको होइन भनेर। विदेशी को गुलाम र दास बन्न को निम्ति जसरी हतारमा राष्ट्रिय सहमती बन्छ त्यसरी नै माहामारीमा नागरिकको बचाउँ को निम्ति राष्ट्रिय सहमती बन्नु पर्यो। लाचार र नामर्दपन को भिल्ला भिरेर जो कोहि ले पनि बाहादुरी को उपमा लिन सक्छ, होशियार।
तीन तहका नेताहरु पाल्ने दलियतन्त्रका कार्यकर्ता हरुले बल्ल बुझ्दैछन् होलान्। उपचार र शिक्षा बाट वञ्चित हुनु परेको गरिव ले पनि बुझ्दै होला। भिडमा जम्मा भएर जीन्दावाद र मूर्दावाद को नारा लगाउने बेरोजगारी ले पनि बुझ्दै होला। पाखण्डि र नामर्द को भाषामा भन्नू पर्दा- निरङ्कुस भनिएका राजाले, नागरिक को लागी शिक्षा र स्वास्थ्यमा गरिएको नि:शुल्क लगानी वरदान सावित हुँदै गैरहेका छ। प्रत्येक गाउँ पञ्चायमा मावी स्तर को विद्यालय। जनसंख्या को आधारमा वडामा प्रावी र निमावी स्तर को विद्यालय खोलिदिएका थिए। कलेजहरु पनि त्यतिकै मात्रामा खोलिदिएका थिए ता कि पैसा को अभावमा कुनै पनि नागरिक हरुले शिक्षा बाट वञ्चित हुनु नपरोस्।
त्यस्तै शिक्षा र स्वास्थ्य सबैभन्दा ठूलो धन हो भन्दै, नागरिक को नैसर्गिक अधिकार हो भन्दै, स्वास्थ बाट पनि वञ्चित हुनु नपरोस् भनेर नि:शुल्क रुपमा उपचार को निम्ति प्रत्येक जिल्लामा जिल्ला अस्पताल, अञ्चल अस्पताल, जनसंख्या र शहरीकरण हेरेर वीर अस्पताल जस्ता ठूला अस्पतालहरु खोलिदिएका थिए। आज तिनै अस्पतालहरु माहामारिमा वरदान सावित भएका छन्। अग्रगामी र उत्तम ब्यबस्था भनिएको प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आईपुग्दा पैसा भए उपचार गर्न आउँ नत्र… भन्ने निजि अस्पतालहरु दलियतन्त्र को उत्तम उपहार बनेको छ। नागरिकहरु उचित उपचार नपाएर छ्टपटाउदै मर्नु परेको छ। तैपनी भेंडो जमात यसैलाई अग्रगामी भन्न छोडेको छैन।
अर्को कुरा लगभग वार्षिक चालीस अर्व रुपैयाँ खर्च भयो भनेर प्रतिवेदन निकाल्ने NGO/INGO हरु यो माहामारी को बेला कुन तारे होटलमा बसेर बिकास सम्पन्न भएका पुस्तकका ठेलिहरु तैयार पार्दै होलान्। तलबभत्ता आवास घोडागाडीमा मात्र देखिने खर्च ले बिकास होइन विकृती जन्माउछ। बन्द गर समाज भाड्ने तिम्रा संस्थाहरु। चर्च भित्र अनेकौं चर्तीकला को रुपधारण गर्दै तमासा देखाउदै येशु को नाममा मन्त्र जप्दा माहारोग पनि निको हुञ्छ भन्ने बिग्रेका पास्टरहरु (जस्ले स्वयम् लाई बचाउन सकेन) यो माहामारीमा कतिजना लाई उपचार गराएर घर फर्कायो ! बन्दगर मानसिक सन्तुलन गुमेका चर्च भित्रका नाङ्गो नाचहरु।
धेरै छन् यो देशभित्र हुनेगरेका अनैतिक र औचित्यहिन कृयाकलापहरु। दलिय झण्डा ओढाएर नागरिकहरु लाई मनोबैज्ञानिक दास बनाएको घृणित षड्यन्त्रहरु। जस्को वर्णन गरि साध्य छैन। बिकास संवृद्धि र रोजगार का दुईहरफ परिभाषा दिन नसक्ने तर, पट्यार लाग्दा लामालामा दर्शनका भाषण दिनेहरु हो- केही मानिस हरुलाई लोभलालच डर र त्रासमा राख्न सकिएला। केही समय को निम्ति केही झुण्ड हरुलाई मूर्ख बनाउन सकिएला। तर, सधैभरी सबै मानिस हरुलाई लोभलालच डर र त्रासमा राख्न सकिँदैन। सधै भरी मूर्ख बनाईरहन सकिँदैन। अहिले को समय नागरिक को ज्यान भन्दा ठूलो सत्ता को खेल हैन। राष्ट्रसेवामा समर्पित कुनै अमुक नेता सत्ताको निम्ति हार्यो वा जित्यो त्यसले कुनै ठूलो अर्थ राख्दैन। अर्थ ठूलो त्यसले मात्र राख्छ देश ले हार्नु हुँदैन। अस्तु:
सबैको जयहोस् !