काठमाण्डौँ, वैशाख २८
बागलुङको तमानखोला गा.पा. मा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शनीवार तमानखोला स्थित वडा नं. ३ तमान र वडा नं. ४ लाम्मेलामा गरिएको स्वाव परिक्षणमा २१ जनाको पोजेटीभ देखिएको हो ।
धौलागिरी अस्पताल बागलुङमा गाउपालीकाले २ वटै वडामा पुगेर स्वाव संकलन गरेर गत शनीवार पठाएको थियो , ३१ जनामा गरिएको परिक्षणमा २१ जनामा कोरोना पोजेटीभ देखिएको हो । वडा नं.३ तमानमा ११ जना र वडा नं.४ लाम्मेलामा १० संक्रमित भएका हुन , जसमध्ये वडा नं. ३ बाट वर्ष ३७, ४९, २९, ३७, ५५, ४०, २८, ४३ का आठ महिला र वर्ष ३८, ८१ का दुई पुरुष छन भने वडा नं.४ मा वर्ष ३८, ७३, ६६, ३४, ११ का पाच महिला र वर्ष ४३, ६५, ४९, ५५, ५५ का पाच पुरुष रहेका छन हाल सम्म २० जनाको अवस्था सामान्य रहेता पनी १ जनाको अवस्था जटिल रहेकोले थप अपचारका लागी तत्काल बागलुङ पठाउने तयारी रहेको स्वास्थ्य प्रमुख तिलक छन्त्यालले जानकारि दिनुभयो ।
हालसम्म तमानखोलामा पुराना दुई संक्रमीत संगै संक्रमीत संस्था २३ पुगेको छ । जसमध्ये एक जनालाई धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ , उनलाई अक्सिजनको कमी भए संगै श्वासप्रश्वासमा समस्या आएकोले अस्पताल भर्ना गरिएको प्रमुख छन्त्यालले जानकारि दिनुभएको छ हाल तमानखोलामा निषेधआज्ञा जारि रहेको छ ।