Thursday, April 25
Shadow

किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?


  • -इ
  • इ+

शरद रिजाल/काठमाण्डौँ, जेठ २
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्दा अशोभनीय ब्यबहार देखाएपछि सामाजीक सञ्जाल देखी यत्रतत्र उनको टिकाटिप्पण्ी भईरहेको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्दै गर्दा किन प्रतिज्ञा गर्न अस्वीकार गरे ,भन्ने आमसर्बसाधारणलाई कौतुहुलता या शंशय देखिएको छ । उनले राष्ट्रपतिललाईे ‘‘ त्यो प्रदैन ’’ भनेर किन ईन्कार गरे। सर्बत्र चासो र चर्चाको बिषय बनेको छ । उनले उक्त अभिब्यक्ती दिईसकेपछि राष्ट्रपतिले हासेर प्रतिक्रीया दिएकी छन।संबैधानिक रुपमा यो राज्य बिरुद्दको अपराध हो ।

संबिधानबिद डा.भिर्माजुन आचार्यले संबिधान र राष्ट्रको स्वाधीनतालाइ गीज्याउनु राज्यबिरुद्दको अपराध गरेको भन्दै तत्काल संसदको बिशेष अबिधेशन बोलाएर कारबाही गर्न माग गरेका छन । यहा राष्ट्रपतिको उक्त प्रतिक्रीयाको र प्रधानमन्त्रीको अभीब्यक्तीको संबैधानीक र पदिय मर्यादाको बिषय भन्दा प्रधानमन्त्रीको उक्त अभिब्यक्तीको आशय र अन्तर्य केलाउने प्रयत्न मात्रै गरिएको छ । सर्बप्रथम शपथमा केके उल्लेख थियो र प्रधानमनत्रीले कुन सन्र्दभमा किन ‘प्रतिज्ञा’शब्द उच्चाहरण गर्न असर्मथ भएका हुन भन्ने बुझ्नु आबश्यक छ ।

शपथको ब्यहोरा यस्तो थियोः ‘म…..मुलुक र जनताप्रति पुर्ण बफादार रहि सत्य र निष्ठापुर्बक प्रतिज्ञा गर्दछु,ईश्वर देश रजनताको नाममा शपथ लिन्छु कि नेपालको राजकिय सत्ता र सार्बभौम सत्ता नेपाली जनतामा निहीत रहेको ,नेपालको संबिधानप्रति पसर्ण बफादार रहदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रहि मुलुक रजनचाको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पुर्बाग्रह वा ख।ाब भाबना नलिई ईमान्दारीताका साथ गर्नेछु र आफ्नो कर्तब्य पालनको सिलसिलामा आफुलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहदा वा नरहदा जुनसुकै अबस्थामा पनि प्रचलित कानुनको पालना गर्द बाहेक अरु अबस्थामा कुनै किसीमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।’

प्रधानमन्त्री ओलीले ईश्वरको नाममा किन शपथ लिएन यसमा कसैले टिकाटिप्पणी गरेन गर्न आबश्यक पनि थिएन।थ्यसका कसैको चासो रहेन । कम्युनिष्ट प्रधानमन्त्री भौतिकबादी भएकाले अलौकिक बस्तुको नाम नलिनु कुनै अन्यथा होईन,यसमा कसैले नजर अन्दाज गर्नु आबश्यक पनि छैन कसैले चासो पनि गरेन त्यो अस्वभाबीक होईन । तर किन सत्य र निष्ठापुर्बक देश र जनताप्रति प्रतिज्ञा गर्न असमर्थ भए,या उनको अन्तर्यमा भएको बास्तबिकतालाई उजागर गरे,यहानेर प्रसस्त आशंका गर्ने आधारहरु उब्जीएका छन । कतै दालमे कुछ काला हे भने जस्तै त भएन ,या प्राबिधीक रुपमा त्यस भन्दा पछाडी ‘शपथ लिन्छु’भन्ने ब्यहोराको शब्द भएर ‘प्रतिज्ञा’शब्द उच्चाहरण गर्न आबश्यक नठानेका पो हुन कि?खैर जे भए पनि प्रतिज्ञा शब्द उच्चाहरण गर्दा त्यस्तो अस्वभाबीक हुने अरु त केही थिएन । प्रधानमन्त्री ओलीले की साच्चीकै देश रजनता प्रति प्रतिबद्द नभई अरुप्रति प्रतिबद्द भएको इमान्दारीतापुर्बक दर्शाएका त होइनन । यदि त्यसो हो भने उनी धन्यवादका पात्र हुने छन । कीनभने उनले ईमान्दारीतापुर्बक आफु जेहो त्यही स्वीकार गरे । राष्ट्रबादको छदम भेषमा बिदेशी शक्क्ती केन्द्रको दलाली गर्ने नेता भएको हामा्रे देशमा कम्तीमा उनले त्यसो नगरी आप्mनो असलीयत त नेपाली जनता सामु उदाङगो पारे यसर्थ उनलाई धन्यबाद दिनुपर्छ । आफनो अन्तर्यमा जे छ मानीसले कुनै न कुनै रुपमा त्यो ओकल्छ या त्यसको कतै न कतै त्यसको स्वरुप देखिन्छ या कुनै न कुनै बेला त्यो प्रष्फुटन हुन्छ । उनले त्यही असली स्वरुप देखाएका त होईनन ।

हिन्दीमा एउटा भनाई छ,जो दीख्ता हे ओ नही होताहे,जो होता हे ओ नही दीख्ता नही हे भन्ने तर यसको बिपरीत ओलीले जे हो त्यही देखाएका त होइनन ? पहिलो गासमा ढुङगा भनेझै प्रधानमन्त्रीको पदभार ग्रहण गरेको पहिलो दिनमै यस्तो चित्र देखिनुले आगामी कार्यकाल कस्तो रहला ? नेपालीमा समाजमा भनीन्छ नी चित्रले चरीत्र देखाउछ भनेर त्यसो त होईन । हेर्दा बिषय सानो जस्तो देखीएपनि यस भित्र गम्भिर रहस्य लुकेको आकलन गर्न सकिन्छ । नेपाली जनताले देश र जनताप्रति उत्तरदायी नभएको सरकार प्रमुख त पाएको होइन गम्भीर प्रश्न खडा भएको छ ।

ओलीले ‘प्रतिज्ञा’शब्द अस्वीकार गर्न त्यत्रो आपत्ती किन, त्यो शब्द कुनै आपत्तीजनक शब्द त होईन।शपथ ग्रहण समारोहमा राष्ट्रपतिले उक्त शब्द पुनःदोहोर्याउदा उनले, त्यो प्रदैन भन्दा राष्ट्रपतिको उन्मुक्त हासोको प्रतिक्रीया ले कुनै राष्ट्रका कार्यकारी प्रमुखको शपथग्रहण समारोहको भन्दा भिन्न दृश्य होकी भन्ने अनुभुती हुन्थ्यो । प्रधानमन्त्रीले यो बिषयलाई कसरी लिएका छन त्यो समयक्रमले देखाउला । आगामी उनको कार्यकालमा देश र जनता कोरोना महामारीले आक्रान्त परेर अक्सिजनको हभाबमा मृत्युबरण गरीरहेको अबस्थामा राज्यले अभीभावकत्वको भुमिका निर्बाह गरेर जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी नगरी गैरजिम्मेवारीको झनै पराकाष्ठा प्रदशीत हुने र राष्ट्रघात र जनघातका श्रृङखला झनै बढने बाह्य शक्तिले नाङगो नाच देखाउने स्थिती आयो भने कुनै आश्चर्य नमानी हामीले त्यती बेला भन्नुपर्छ सत्य बोल्ने प्रधानमन्त्री ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares