Sunday, April 28
Shadow

खोइ कहिलेसम्म ?


  • -इ
  • इ+

सुखी नेपाली, समृद्ध नेपाल!
नयनमा सपना सजाउँदै गर्दा
दिमाग, पाठेघर र कारागारको बन्दी भित्र
परिवर्तन र नयाँ युगको हुँकार डकार्दै गर्दा
सोच्छु
प्रसव पिडामा छ्ट्पटाइरहेकी ती महिला
अर्काेतिर कोरोना संक्रमित बिरामीहरुको
उपचार नपाएरै भएको त्यो कहालीलाग्दो
भयानक अनि हृदयविदारक मृत्युुवरण
अस्पतालले वेवास्ता गर्दाको त्यो मृत्युवरण
शिक्षाको उज्यालो किरण छर्ने ति शिक्षकहरु
कोभिड खोपका लागि प्राथमिकता परेनन् यहाँ
यस्ता लज्जास्पद गतिविधीहरु लौन न हजुर
अवरोध भएर ,लक्ष्यको बाटो छेकेर बरु
नआइदिएको भए हुन्थ्यो!
सोच्छु,
कोरोना संक्रमितलाई गरिने त्यो भेदभाव
जातिय रुपमा गरिने त्यो डरलाग्दो विभेद
के हाम्रातिर मात्रै हुन् र भन्या?
फेरि सोच्छु,
अक्सिजन नपाएर रोइकराइ गरेका आफन्त
हार गुहार गर्दै भौँतारिँदै ,यताउता कुदेकै थिए
क्यामराले खिचेकै थिए, समाचार छापिएकै थिए
परदेशमा कमाउन गएका दाजुभाइ, दिदीबहिनी
कोरोना कहरको छट्पटीमा पिल्पिलाएका छन्
मजदुर रोगले होइन, भोकले पिल्सिएका छन्
जीवन बचाउने होडमा, आत्महत्या बढेका छन
बढ्दो महंगीले, अक्क न बक्क परेका छन्।
पटक पटक सोच्छु,
खोइ अब कहिलेसम्म?
खोइ अब कहिलेसम्म?

रविना महर्जन
विद्यार्थी , जनप्रशासन क्याम्पस केन्द्रिय विभाग, बल्खु

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares