Sunday, May 10
Shadow

Author: Interview Nepal

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाज, स्वास्थ्य
एजेन्सी नयाँ दिल्ली, जेठ ३ भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल)ले बनाएको हो। 'डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,' रक्षा मन्त्री सिंहले कार्यक्रममा भने,'यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।' यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बत...
आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा

आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा

मुख्य समाचार, समाज, स्वास्थ्य
रामेश्वर गजुरेल ,नुवाकोट आफ्नो रगत दिएर अरुको ज्यान बचाउने युवाहरुलाइ नुवाकोट प्रहरीले दुर्ब्यावहार गरेको छ । ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू लाई प्रहरीले दुरब्याहार गरि प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । बढ्दो दुर्घटना , अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिइ हिडेर जान निर्देशन दिएका हुन । स्वास्थको क्षेत्रमा लामो समयदेखी सक्रिय रहेको समुहले जिल्लामा हुने बिपदमा राहत,रेस्क्रु र रगतको क्षेत्रमा काम गरिरहेको छ । दैनिक जसो अस्पतालमा रगत आवश्यक परिरहेको हुन्छ ,रक्तदातालाई ल्याउने र पुर्याउने जिम्मेवारी हाम्रो हो हामिले प्रत्येक दिन गरिरहेका हुन्छौ , सबै कुरा प्रहरी प्रशासन,अस...
खोइ कहिलेसम्म ?

खोइ कहिलेसम्म ?

विचार, समाज, साहित्य/कला, स्वास्थ्य
सुखी नेपाली, समृद्ध नेपाल! नयनमा सपना सजाउँदै गर्दा दिमाग, पाठेघर र कारागारको बन्दी भित्र परिवर्तन र नयाँ युगको हुँकार डकार्दै गर्दा सोच्छु प्रसव पिडामा छ्ट्पटाइरहेकी ती महिला अर्काेतिर कोरोना संक्रमित बिरामीहरुको उपचार नपाएरै भएको त्यो कहालीलाग्दो भयानक अनि हृदयविदारक मृत्युुवरण अस्पतालले वेवास्ता गर्दाको त्यो मृत्युवरण शिक्षाको उज्यालो किरण छर्ने ति शिक्षकहरु कोभिड खोपका लागि प्राथमिकता परेनन् यहाँ यस्ता लज्जास्पद गतिविधीहरु लौन न हजुर अवरोध भएर ,लक्ष्यको बाटो छेकेर बरु नआइदिएको भए हुन्थ्यो! सोच्छु, कोरोना संक्रमितलाई गरिने त्यो भेदभाव जातिय रुपमा गरिने त्यो डरलाग्दो विभेद के हाम्रातिर मात्रै हुन् र भन्या? फेरि सोच्छु, अक्सिजन नपाएर रोइकराइ गरेका आफन्त हार गुहार गर्दै भौँतारिँदै ,यताउता कुदेकै थिए क्यामराले खिचेकै थिए, समाचार छापिएकै थिए परदेशमा कमाउन गएका दाजुभाइ,...
नुवाकोटमा जेठ १८ गते सम्म निषेधाज्ञा जारी

नुवाकोटमा जेठ १८ गते सम्म निषेधाज्ञा जारी

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, जेठ २ दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप १५ दिन निषेधाज्ञा थपिएको छ । जिल्लामा हाल सम्म सक्रिय संक्रमित ६६८ र ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ २ नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?

किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?

ब्यानर समाचार, राजनिती, विचार
शरद रिजाल/काठमाण्डौँ, जेठ २ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्दा अशोभनीय ब्यबहार देखाएपछि सामाजीक सञ्जाल देखी यत्रतत्र उनको टिकाटिप्पण्ी भईरहेको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्दै गर्दा किन प्रतिज्ञा गर्न अस्वीकार गरे ,भन्ने आमसर्बसाधारणलाई कौतुहुलता या शंशय देखिएको छ । उनले राष्ट्रपतिललाईे ‘‘ त्यो प्रदैन ’’ भनेर किन ईन्कार गरे। सर्बत्र चासो र चर्चाको बिषय बनेको छ । उनले उक्त अभिब्यक्ती दिईसकेपछि राष्ट्रपतिले हासेर प्रतिक्रीया दिएकी छन।संबैधानिक रुपमा यो राज्य बिरुद्दको अपराध हो । संबिधानबिद डा.भिर्माजुन आचार्यले संबिधान र राष्ट्रको स्वाधीनतालाइ गीज्याउनु राज्यबिरुद्दको अपराध गरेको भन्दै तत्काल संसदको बिशेष अबिधेशन बोलाएर कारबाही गर्न माग गरेका छन । यहा राष्ट्रपतिको उक्त प्रतिक्रीयाको र प्रधानमन्त्रीको अभीब्यक्तीको संबैधानीक र पदिय मर्यादाक...
ठूलो अर्थ त्यसले मात्र राख्छ, देश ले हार्नु हुँदैन

ठूलो अर्थ त्यसले मात्र राख्छ, देश ले हार्नु हुँदैन

राजनिती, विचार, समाज
पामेल उपाध्यय सिंहदरबारमा बसेर गर्न सक्ने तर, गर्न नचाहाको हो वा इच्छाशक्ति नभएको नेताहरु हो ! यो माहामारीमा मरिरहेका नागरिकहरु कुन पार्टीका हुन् ! ब्याक्तिगत स्वार्थ र मुलुक अधोगती को निम्ति एकजुट हुने स्वरहरु आज किन राष्ट्रिय समस्या आईपर्दा सामान्य छलफल र बैंठक सम्म चलाउने जागर देखाउदैन। कि बिज्ञप्ति निकाल्नु पर्यो, यी मर्ने नागरिकहरु मेरो पार्टीको होइन भनेर। विदेशी को गुलाम र दास बन्न को निम्ति जसरी हतारमा राष्ट्रिय सहमती बन्छ त्यसरी नै माहामारीमा नागरिकको बचाउँ को निम्ति राष्ट्रिय सहमती बन्नु पर्यो। लाचार र नामर्दपन को भिल्ला भिरेर जो कोहि ले पनि बाहादुरी को उपमा लिन सक्छ, होशियार। तीन तहका नेताहरु पाल्ने दलियतन्त्रका कार्यकर्ता हरुले बल्ल बुझ्दैछन् होलान्। उपचार र शिक्षा बाट वञ्चित हुनु परेको गरिव ले पनि बुझ्दै होला। भिडमा जम्मा भएर जीन्दावाद र मूर्दावाद को नारा लगाउने बेरोजगारी ल...
पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ। गत २४ घण्टामा २२५जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर १३९ संक्रमितको मृत्यु भएको थियो। २४ घण्टामा देशभर नेपालमा ९ हजार ४८३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पीसीआर विधि र ७२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।...
काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते सम्म लम्बियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते सम्म लम्बियो

ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २८ काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी रहने भए सँगै अब होटेल तथा पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा रोक लगाइएको छ । मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले यस्ता कार्यक्रमबाट कोरोना संक्रमण फैलिदै गएको पाईएपछि रोक लगाईएको बताए । यस्तै प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका...
बाग्लुङको तमानखोला गा.पा. मा थपिए एकै दिनमा २१ कोरोना संक्रमीत

बाग्लुङको तमानखोला गा.पा. मा थपिए एकै दिनमा २१ कोरोना संक्रमीत

समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ बागलुङको तमानखोला गा.पा. मा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शनीवार तमानखोला स्थित वडा नं. ३ तमान र वडा नं. ४ लाम्मेलामा गरिएको स्वाव परिक्षणमा २१ जनाको पोजेटीभ देखिएको हो । धौलागिरी अस्पताल बागलुङमा गाउपालीकाले २ वटै वडामा पुगेर स्वाव संकलन गरेर गत शनीवार पठाएको थियो , ३१ जनामा गरिएको परिक्षणमा २१ जनामा कोरोना पोजेटीभ देखिएको हो । वडा नं.३ तमानमा ११ जना र वडा नं.४ लाम्मेलामा १० संक्रमित भएका हुन , जसमध्ये वडा नं. ३ बाट वर्ष ३७, ४९, २९, ३७, ५५, ४०, २८, ४३ का आठ महिला र वर्ष ३८, ८१ का दुई पुरुष छन भने वडा नं.४ मा वर्ष ३८, ७३, ६६, ३४, ११ का पाच महिला र वर्ष ४३, ६५, ४९, ५५, ५५ का पाच पुरुष रहेका छन हाल सम्म २० जनाको अवस्था सामान्य रहेता पनी १ जनाको अवस्था जटिल रहेकोले थप अपचारका लागी तत्काल बागलुङ पठाउने तयारी रहेको स्वास्थ्य प्रमुख तिलक छन्त्यालले जानकार...