कोरोना महामारीमा २३ जनाले गरे रक्तदान
रामेश्वर गजुरेल/नुवाकोट, जेठ १२
विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ ब्लड अन रिकोएस्ट इन नुवाकोटले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
”रक्तदान जिवनदान ” भन्ने उदेश्यका साथ नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था ब्लड अन रिकोएस्ट इन नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्...









