Wednesday, October 28
Shadow

Author: Interview Nepal

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ ३१ रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । संकलित रगत नुवा...
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
३१ जेठ, हेटौंडा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश महासंघ र संचार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्ने बताए । उनले संचार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफुले यसलाई सकारात्मक रूपमा लिने बताए । उनले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने बताए । संचारकर्मीहरूलाई लोककल्याणकारी विज्ञापन, फेलोसिप, अध्ययन भ्रमण लगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उनको भनाइ छ । उनले संचारमाध्यमलाई उद्...
कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ ३१ नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ । आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ । सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकर...
दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ ३१ विश्वव्यापी रुपमा प्रारम्भ भएको कोरोना भाइरसविरुद्धको खोप अभियानपछि कोरोनाको संक्रमणमा कमि आउन थालेको छ । यस क्रममा धेरै देशहरुमा लागेको प्रतिबन्धहरु बिस्तारै खुकुलो हुन थालेका छन् अथवा हट्न थालेका छन् । नेपालमा पनि संक्रमितको संख्यामा लगातार कमि आउन थालेको छ । यसैबीच कोरोनाको बारेमा एउटा रिपोर्ट आएको छ, जसले यो घातक महामारीको संक्रमण पुरुषहरुले पाल्ने लामो दाह्रीबाट समेत बढ्न सक्छ भन्ने पत्ता लागेको छ । सबैलाइ थाहा भएको कुरा हो, कोभिडका विरामीले खोक्दा र हाक्छ्यूँ गर्दा भाइरस हावामा फैलिन्छ । अहिले भरखरै गरिएको ताजा सर्वेक्षणमा मानिसको लामो दाह्रीलाई पनि घातक भाइरसको फ्याक्टर मानिएको छ । । लकडाउनका कारण धेरै मानिसहरुले दाह्री काट्न ैअल्छि गरेका छन् भने कतिलाई दाह्री पाल्ने सौख पनि छ । यद्यपि, अहिले कोरोनाकालमा दाह्री पाल्ने कार्यलाई डाक्टरहरु जोखिम...
यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २७ यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले जिल्लाको स्थानिय तहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिवार ट्रस्टले किस्पाङ , म्यगङ र तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा आज उक्त स्थानिय तहका प्रमुख उप प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको छ । बुधवार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो । सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्...
मानव सेवा आश्रमबाट भागेका जमकटेलको खोजि गर्न आग्रह

मानव सेवा आश्रमबाट भागेका जमकटेलको खोजि गर्न आग्रह

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, जेठ २६ बिगत लामो समय देखि मानसिक असन्तुलन भएका नुवाकोट विदुर नगरपालिका वडा नं ५ का राम प्रसाद जमकटेल मानव सेवा आश्रमको पर्खाल नागी भागेको छन् । उपचारको लागि मानव सेवा आश्रम भक्तपुर कौसलटार शाखामा बिगत १ वर्ष देखि रहदै आएका जमकटेल त्यहाँ बाट भागि बेपत्ता भएकाले उनको खोजिको लागि स्थानियहरुले पहल गरिरहेका छन् । ३५ वर्षका जमकटेललाई उपचारार्थ बिदुर नगरपालिका को केही वडा , स्थानिय युवाको सहयोग र बिदुर नगरपालिका कार्यालयको समन्वयमा मानव सेवा आश्रम भक्तपुर कौसलटार शाखा मा राखिदै आईएको थियो । उनी उक्त ठाउँबाट नुवाकोट नै आएको हुन सक्ने भएकाले देख्नुहुने जो कोहिले पनि बिदुर नगरपालिकाको कार्यालय नजिकैको प्रहरी चौकी वा 9841835974 मा सम्पर्क गरि पुन त्यही राख्नको लागि सहयोग गरिदिन स्थानिय युवा दीपक अधिकारीले आग्रह गरेका छन् ।...
नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २४ वडावासि स्वास्थ्यलाई ख्याल गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क औषधि र एम्बुलेन्स सेवा सुरु गरेको छ । दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै वडा कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा ८८ वटा वडा रहेको छ । जस मध्ये विदुर नगरपालिकाको वडा नं ५ ले उक्त सेवा जिल्लामा नै पहिलो पटक सुरु गरेको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको सक्रियतामा वडा सदस्य र वडा कार्यालयमा कार्यरत कर्मचारीको आर्थिक सहयोगमा उक्त सेवा सुचारु गरिएको हो । आज सोमवार वडावासि राजेन्द्र नेपाली र रामशरण नेपाली लाई आवश्यक औषधि हस्तान्तरण गरेर सो सेवाको सुरुवात गरिएको छ । निशुल्क औषधि र एम्बुलेन्स सेवाका लागि जनप्रतिनिधि र कर्मचारीले एक महिनाको पारिश्रमिक हस्तान्तरण गरेका छन् । वड...
कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला

कोरोना महामारीले रोक्न सकेन राष्ट्र प्रेम, उत्रिए विरोधमा जलाए पुत्ला

ब्यानर समाचार, राजनिती, समाचार
राजेन्द्र गजुरेल/नुवाकोट, जेठ २४ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसले त्रसित नेपाली भाईरस भन्दा पनि देशको वर्तवान राजनितिले आत्तिएका छन् । सत्ता टिकाउने खेलमा गरिएको आत्मघाति निर्णयहरुले नेपाली जनता आजित भएका छन् । राष्ट्रिय स्वाभिमान नै गुम्ने खतराले त्रसित छन् नेपाली जनता । वर्तवान सरकार टिकाउनकै लागि हिजोका दिनमा नेपालको संविधान जलाउने देखि कयौँ राष्ट्रघाति काम गरेका व्यक्तिलाई सरकारको उप प्रधानमन्त्री बनाईएको छ । नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको आफ्नै अभिव्यक्तिका कारण नियुक्ति भएको २४ घण्टा भित्र देश भर चर्को विरोध संगै पुत्ला दहन समेत भयो । राष्ट्रप्रेमि नेपालीले कोरोना महामारीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी, नेपाली हामि रहौला कहाँ नेपालै नरहे भन्ने भावनाका साथ विरोधको मैदानमा उत्रिएका छन् । मन्त्री राजेन्द्र महतोले...
एनआरएनए क्युस्युको संयोजकमा नुवाकोट पञ्‍चकन्याका अर्जुन थापा

एनआरएनए क्युस्युको संयोजकमा नुवाकोट पञ्‍चकन्याका अर्जुन थापा

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाण्डौँ, जेठ २३ गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको हो । संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा थिए । नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान प्रवेश गरेका हुन् । हाल फुकुओका जापान बस्दै आएका उनी स्नातक हुन् । विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने संयोजक थापा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका संस्थापक अध्यक्ष हुन् भने फुकुओका नेपाल सोसाईटीका सदस्य हुन् । यस्तै एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा...
उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ २२ नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पुत्ला जलाउन थालिएको छ । आज शनिवार उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै उनको अभिव्यक्तिप्रति तिब्ररुपमा विरोध समेत भईरहेको छ। उनको अभिव्यक्तिपछि देश भर विरोधका साथै पुत्ला जलाउने तयारी भईरहेको छ । सामाजिक संजालमा चर्को विरोध संधै सचेत नेपालीले खुलेर विरोध गर्न आव्हान समेत गरिएको छ । मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअन...