Friday, April 26
Shadow

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ २२
नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पुत्ला जलाउन थालिएको छ । आज शनिवार उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै उनको अभिव्यक्तिप्रति तिब्ररुपमा विरोध समेत भईरहेको छ। उनको अभिव्यक्तिपछि देश भर विरोधका साथै पुत्ला जलाउने तयारी भईरहेको छ । सामाजिक संजालमा चर्को विरोध संधै सचेत नेपालीले खुलेर विरोध गर्न आव्हान समेत गरिएको छ ।

मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताएका हुन्।

बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानु पर्ने उनले उल्लेख गरे। बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए।

उनले भने, ‘नेपाल विविधताले भरिएको देश हो। विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फुलबारी भनेको विविधता हो। बहुलता भनेको त्यही हो। त्यसैले बहुल राष्ट्रिय राज्य हो। नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ। विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन। बहुलता नै हुन्छ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares