Sunday, May 10
Shadow

Author: Interview Nepal

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, साउन १७ विगत १८ बर्षदेखी नुवाकोट बेलकोटगढी नगरपालिका १० का कृष्ण प्रसाद तिवारीले गाडी चलाउने पेशा छोडी केपी पशुपालन फर्म सन्चालन गर्दै आफ्नो घरपरिवार र अन्य दुई जनालाई रोजगारी दिदै आएका छन् । तिवारीले पशुपालन व्यवसाय गरेदेखि घर व्यवहार चलाउन सहज र राम्रो आम्दानी भएको बताउछन् । आफ्नो घर परिवारलाई समय दिदै मध्यम लगानीबाट धेरै आम्दानी हुने व्यवसाय पशुपालन पनि हो भनि उनले बताएका छन् । हाल ७० देखि ८० ओटा सम्म बाख्रा पालन गर्दै आएका उनि भन्छन, सबैले आ आफ्नो ठाउँबाट कृषि क्रान्ति गर्ने र बिदेशमा भएका नेपाली दाजु भाइले पनि नेपालमै आएर पशुपालन गर्ने हो भने कृषि पेशाबाट नेपाललाई चाडै नै आत्मनिर्भर बनाउन सकिन्छ । भने जस्तो काम र राम्रो दामको लागि धेरै युवा बिदेशीएका छन् तर मेहनत र लगनशिल भएर काम गर्ने हो भने बिदेशमा जतिको कमाई नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण तिवारिले दिएका छन् ...
सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन १७ मानव विकास केन्द्र नेपालले शुक्रबार गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्राप्त भएका छन् । ह्युमन प्राक्टिस फाउण्डेसन डेनमार्कको आर्थिक सहयोगमा मानव विकास केन्द्र नेपालले गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । यि सामाग्री गाउँपालिकाका सबै ५ वटा स्वास्थ्य संस्था र शव व्यवस्थापनमा खटिरहेको नेपाली सेनाको नरसिंह दल गणलाई समान रुपमा सहयोग गरिएको मानव विकास केन्द्रका उपाध्यक्ष लोकमणि गिरीले जानकारी दिनुभयो । ग्लोब्स, अक्सीमिटर, पिपिई सेट, मास्क, थर्मोमिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज गाउँपालिका अध्यक्ष कुमारी बराललाई हस्तान्तरण गरिएको छ । मानव विका...
स्थापना दिवसको अवसरमा आश्रमका वृद्ध र वृद्वालाई खाद्यान्न सहयोग

स्थापना दिवसको अवसरमा आश्रमका वृद्ध र वृद्वालाई खाद्यान्न सहयोग

समाचार, समाज, स्थानिय तह
रामेश्वर गजुरेल,नुवाकोट ,श्रावण ८ नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायि महासंघको सातौं स्थापना दिवसको अवसरमा नुवाकोटको देविघाट स्थित जेष्ठ नागरिक सेवा आश्रमका वृद्ध र वृद्वाहरलाई खाद्यान्न सहयोग गरेका छन्। आज शुक्रबार महासंघमा आबद्ध नुवाकोट फर्निचर तथा फर्निसिङ्ग संघले देविघाट स्थित आश्रममा पुगेर सहयोग गरेको संघको सचिव महेन्द्र श्रेष्ठले जानकारी दिए।आश्रममा आबद्ध वृद्व बुवा आमालाई केही सहयोग होस भनेर खाद्यान्न सहयोग गरिएको संघले जनाएको छ। फर्निचर व्यावसायिको हकहित लागि स्थापित महासंघ ७ बर्ष पूरा भएको छ भने नुवाकोटमा स्थापना भएको १ बर्ष भएको छ।...
सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, साउन २ सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्। बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए। यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको बताए। सचिव महतोले गत महिना बैंकबाट झिकेर २१ र २२ गते भत्ता बाँडेका थिए। बाँकी रहेको रकम उनले आफ्नो कोठामा राखेर ताला लगाई वडा कार्यालय गएका बेला २९ गतेको राति ९ बजेतिर चोरी भएको दाबी गरेका थिए।...
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

मनोरञ्जन, राजनिती, समाज
काठमाडौं,असार ३० सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको एकल ईजलासले कालीगण्डकी नदीको प्राकृतिक बहाबलाई पथान्तरण गरी रिजर्बयावल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै पनि कार्यहरु नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेतले दायर गर्नुभएको रिटमा सम्मानित सर्वोच्च अदालतले सो आदेश गरेको हो। सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलासमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता संजय अधिकारी र रिट निवेदक कुशल दुवाडी समेतलेसर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ। प...
सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली

सर्वोच्चको परमादेशको कारण पदबाट बाहिरिनुपर्‍यो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा हुँदै गर्दा आफ्नो पक्षमा जनधार हुँदाहुँदै पनि सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको जिकिर गरेका छन् । आज बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनाधार हुँदाहुँदै पनि परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताए । “जनताको जनादेश मेरो पक्ष थियो सर्वोच्चको परमादेश शेरबहादुर जीकोमा गयो । त्यसकारण सरकारको परमादेशको कारण मैले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।” प्रधानमन्त्री ओलीले भने । त्यस्तै आफूले देश र जनताको लागि निष्ठा र इमाान्दारिताका साथ काम गरेको गरेको भन्दै आफूलाई पदबाट बाहिरिनु परेको बताए । उनले भने- “सरकारबाट बाहिरिनु परेको विषयमा मलाई रत्तिपनि चिन्ता छैन । यसकारण पनि चिन्ता छैन कि मैले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमान्दारिताका साथ काम ग...
सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाणडौँ, असार २९ नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन...
बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

बालुवाटार छोड्नु अघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाणडौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको छ । सम्बोधनको समय भने तय भएको छैन । प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गर्नु भएको छ । यस्तै, ओलीले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक पनि बोलाउनु भएको छ । सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् ...
यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २८ यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मागभन्दा बढिी आवेदन परेकाले आज असार २८ गते बैंकिङ समयपश्चात बन्द हुनेछ । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्...
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असार २७ स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो। यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ। कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो। ...