Wednesday, April 24
Shadow

अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ
०३ भाद्र,काठमाडौँ

नेपाल सरकारले अफगानिस्तानमा अलपत्र नेपालीका लागि त्यहाँ पुगेर आफैं उद्धार गर्नुपर्नेमा उल्टै उनीहरुको फोन कुरेर बसिरहेको छ । अहिलेसम्म अफगानिस्तानमा कति नेपाली अलपत्र परेका छन् र कतिको उद्धार भयो भन्नेमै अन्योल छ ।

विभिन्न मुलुकले आफ्ना नागरिक उद्धार गर्न थालेको एक साता भइसक्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारी अन्य मुलुकले कति नेपाली उद्धार गरेर ल्याइदिन्छन् भन्दै संख्या गनेर बसेका देखिन्छन् ।

विदेशी मुलुकका विभिन्न दूतावास र राष्ट्रसंघीय एजेन्सीमा कार्यरत कति जना छन् भन्ने थाहा भए पनि कुन मुलुक र संस्थाले कति नेपालीलाई उद्धार गरेर कहाँ पुर्याए भने प्रस्ट तथ्यांक सरकारले बाहिर ल्याउन सकेको छैन । कामविहीन र साना कम्पनीमा काम गर्ने नेपाली कामदार अफगानिस्तानमा कति छन् भन्नेबारे अहिलेसम्म सरकार अनुमानकै भरमा चलेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares