संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक सिलवालको अपिल
काठमाण्डौँ, भाद्र २२
आउँदो असोज ३ गते संयुक्त जनआन्दोलन मोर्चाको कार्यक्रममा सहभागी हुन प्रचार विभाग संयोजक हेम विक्रम सिलवालले सम्पूर्ण राष्ट्रभक्त देशवासिमा अपिल गरेका छन् ।
मोर्चाले संविधान दिवसको अवसर पारेर राष्ट्र बचाउ आन्दोलन गर्न लागेको संयोजक सिलवालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो अपिल गरेका छन्
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा
२० ७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, साहित्यकार आम नागरिक हरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिई आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष नेपालको संविधान २०७२ जारी गरियो । नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ, मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासि...









