Saturday, October 24
Shadow

Author: Interview Nepal

कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार, स्वास्थ्य
जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्। नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो। गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो। प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन। ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपला...
ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन २७ ककनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पुर्ण प्रकृया पुरा गरेको छ । सामाजिक सुरक्षा भत्ता बितरणलाई थप सहज बनाउने उदेश्यले गाउँपालिकाले श्रावण २६ गते आयोजना गरेको सामाजिक सुरक्षा संग सम्बन्धित सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो । अन्तरक्रिया कार्यक्रमामा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामाले सामाजिक सुरक्षा भत्ता समयमै बितरण गर्न गाउँपालिका प्रयत्नशिल रहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रमामा ककनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर नेपालले सम्झौता अनुरुप पुर्ण अपाङ्ग र ९० बर्ष माथिका ज्येष्ठ नागरीकलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैङ्कहरुलाई निर्देशन दिँदै सम्पुर्ण लाभग्राहिहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गराउनुहुन सम्पुर्ण लाभग्र...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, साउन २७ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी ९सचिव० सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ । ​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्...
सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

मौसम, समाचार, समाज
काठमाडौं,साउन २१ सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखी २६ गते सम्म सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति : समृद्धि प्रकृति र संस्कृति भन्ने नाराका साथ सम्पन्न हुदै छ । सवै संचार क्षेत्रका पत्रकारहरुको उपस्थितिमा भर्चुअल मार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गर्नु भयो, सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रचलित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताउनुभयो । नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि बिभिन्न विधि, पद्धति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुप...
प्राकृतिक दृष्टिकोणले भरिपूर्ण खोटाङ

प्राकृतिक दृष्टिकोणले भरिपूर्ण खोटाङ

आर्थिक, ब्यानर समाचार 2, समाज, सम्पादकीय
२१ साउन २०७८ खोटाङ केशब श्रेष्ठ नेपालको पूर्वि भागमा अवस्थित खोटाङ जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । पहिले यस क्षेत्रमा खोटेहाङ नाम गरेको किरात सभ्यताका राजा थिए र उनैका नामबाट खोटाङ नाम रहन गएको भन्ने यहांको समुदायको मान्यता छ । पूर्बको पशुपतिनाथको नामले चिनिने हलेसि मन्दिर पनि खोटाङ जिल्लामै पर्दछ । हलेसि हिन्दु, किरात र बौद्ध धर्मावलम्बिको साझा तीर्थस्थल हो । यहाँ देश बिदेशका मानिसहरु धार्मिक आस्था बोकेर आउने गर्दछन् । हलेसि गुफाको प्राकृतिक भुवनोटको संरचना बिश्वमै अनौठो मानिन्छ । यहाँ मनोरम प्राकृतिक दृश्य एवमं बिभिन्न अनौठा र आकर्षक चट्टानले भरिपुर्ण मन लोभ्याउने दृश्य देख्न सकिन्छ । हलेसिलाई हिन्दु धर्मावलम्विले पुर्वको पशुपति, बौद्ध धर्मालम्विले दोस्रो लुम्विनी र किरात धर्मावलम्विले आदिम भुमि मान्दै आइरहेका छन् । हलेसी मह...
देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

टिप्स, ब्यानर समाचार, समाचार, स्वास्थ्य
२१ साउन,काठमाडौँ । लक्ष्मण श्रेष्ठ स्वास्थ्य सेवा विभागले साउन २२ गते देखि देशभर कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । उक्त कार्यक्रम संचालन गर्न १९ गते विभागले परिपत्र गरेको थियो । विभागले पत्रद्धारा सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई यसबारे निर्देशन गरेको हो । विभागका महानिर्देशक डा.दिपेन्द्र सिंहले परिपत्रमा भेरोसेलको पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुका लागि दोस्रो डोजको खोप लगाउने निर्णय गरेको हो । खोप लगाउन बाँकि रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाईटमा अग्रिम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूह भित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ । खोप कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न तथा विशेष गरि जुन उमेर समूहले खोप पाउन पर्ने हो त्यो समूहलाई प्राथमिकता...
सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, साउन १९ सानिमा लाइफ इन्स्योरेन्सले भोली देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल इन्स्योरेन...
भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा

भारतिय ज्यादति बिरुद्ध उर्लिए युवा

अपराध, ब्यानर समाचार, राजनिती, समाचार
१९ साउन,काठमाण्डौंं । लक्ष्मण श्रेष्ठ नेपालको महाकाली नदीमा भारतीय एसएसबीले तुईन काट्दा एक जना नेपालीको नदीमा खसेर मृत्यु भएको थियो । उक्त घटनालाई लिएर बिपक्ष विभिन्न राजनितिक दल तथा भातृ संगठनहरुले भारतिय ज्यादति बिरुद्ध सडकमा उर्लिएका छन् । भारतियहरुले दिन प्रतिदिन नेपालीहरु माथि यस्ता अनैतिक क्रिर्याकलापहरु गर्दै आएका छन् । “नेपाली नागरिकका लागि यो सरकार सक्षम छैन भने तुरुन्तै राजिनामा दे” भन्दै प्रमुख प्रतिपक्ष दल ने.क.पा एमाले तथा भातृ संगठन युवा संघले नारा लगाएका थिए । उक्त कार्यक्रमलाई युवा संघका नेता तथा उपाध्यक्ष अमित लामाले सम्बोधन गरेका थिए। कुटनितिक तबरले वार्ता गर्दै छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन सरकारलाई दवाब दिएका छन् । के.पी ओली नेतृत्वको ने.क.पा एमाले सरकारमा हुदाँ कसैले आखाँ उठाएर हेर्न सकेको थिएन जब सर्वोच्चको परमादेशबाट शेरबहार देउवा सरकारमा आएदेखि भारत...
पूर्व मंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

पूर्व मंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

समाचार, समाज, स्थानिय तह
कपिलवस्तु सावन महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ। साउन महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मंदिरमा पूर्व मंत्री इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मंदिरमा रुद्राभिषेक गरेका छन् । जस्मा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मंदिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरुले सपना देखेर त्यहाँ उत्खननको क्रममा शिव भगवानको मुर्ति भेटिएको थियो । त्यस पश्चात उक्त मंदिरको नाम प्रगटेश्वर महादेव मंदिर राखिएको थियो। उक्त शिव मंदिर सिद्ध मंदिरको रूपमा चिनिन्छ । उक्त शिव मंदिरमा उत्खनन गरेर कति बर्ष पुरानो मंदिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसंधान गर्नु पर्ने , उक्...
सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

टिप्स, मुख्य समाचार, मौसम, समाज, स्थानिय तह
१८ साउन,काठमाडौं लक्ष्मण श्रेष्ठ अविरल बर्षाका कारण मेलम्चीमा पटक पटक बाढी पहिरोका कारण धनजनको क्षति भईरहेको छ । शनिबार बेलुका फेरि बाढीका कारण थप ३२ घर बगाएको छ । हाम्रो भू बनोट र हामी जुन स्थानमा अवस्थित छौं, हाम्रो मुलुकको यो स्थानमा बाढी पहिरो आउनु स्वाभिक हो । यसबाट कसरी बच्न सकिन्छ र हाम्रा संरचनाहरुलाई कसरी सुरक्षित स्थानमा राख्ने भन्ने कुराको पहिचान गर्नु समस्याको समाधान हो भनि विपद् व्यवस्थापनका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् । पूर्व तयारी गर्नका लागि समय समयमा मौसम सम्बन्धि जानकारी लिनु आवश्यक रहेको र असुरक्षित रहेका बस्तीहरुलाई जोखिम पहिचान गरी व्यवस्थापन गर्नु र आगामी दिनहरुमा आउने बाढीको आँकलन गरेर यसको न्युनिकरण गर्न सकिने पोखरेलले बताएका छन् । यस अघि गत असार १ गते बाढीले ठूलो क्षति गरेको थियो । प्रहरीका अनुसार असार १ को बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय ...