Friday, April 26
Shadow

योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी
ललितपुर, भाद्र ०२

पछिल्लो समय कोरोनाको माहामरीले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् ।

हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकारहरु लाई तिज गीतको तछडमछड भएको छ,लकडाउन खुकुलो भए संगै स्टुडियोमा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घुईचो समेत लागेको छ ।गीतमा अग्रज कलाकार हरु आदरणीय योगेश प्यान र सुनीता बुढा क्षेत्रीको अवाज रहेको छ । दर्शक श्रोताले गितलाई निकै मन पराएका छन् भने गितको म्युजिक भिडियोलाई महेश महाराले छायांकन एवम् मनोज कार्कीले सम्पादन गरेका छन् भने निर्देशक मौसम हिमालीले गरेका छन् ।

“छमक छमक” मौलिक तीज गीतमा अग्रज कलाकारहरु धुर्बा हिमाली, करिश्मा ढकाल, कृष्ण ईसा पूर्व, सुस्मिता चीन, राजु मुस्कान को दमदार अभिनय रहेको छ ।यसै सन्दर्भमा कला सांस्कृतिक मासिदै गएको बेला सुवर्ण बुढाथोकी को शब्द संगीत मा रहेको “छमक छमक” मौलिक तीज गित बजारमा योगेश प्यान को अफिसियल युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ।

पुरा म्युजिक भिडियो हेर्न तलको लिकं खोलेर हेर्नुहोला

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares