Thursday, April 25
Shadow

नारी भित्रको संरचना


  • -इ
  • इ+

मैले आमा भने देखि नजिकबाट महसुस गरेको पात्र नारी कुनै जात होइन । बा ले वारवार यी नारीको जात भनेर भन्दै गर्दा मलाइ नारी के हो भन्ने नै थाहा थिएन । एउटा छुट्टै प्रकृति, आकार,बानी अनि संरचनालाइ नारी भनिन्छ जस्तो मेरो बाल मस्तिष्कमा कोरि रहने चित्र हो नारी । मैले धेरै चोटि आफ्नु मस्तिष्कलाइ जोड दिँदै चित्रलाइ कोर्ने जमर्को गरेकै हो, तर मेरा भर्खर दुधे बालक मस्तिष्कमा आकृती बन्न नसकेकि नारी बाहिर कुनै फरक संरचना नभए पनि भित्री संरचना फरक रहेछ ।

मैले आमा भने देखि प्रीयसी सम्म भनेर सम्बोधन गरेको पात्र नारी, त्यो एउटा फगत संरचना मात्र नभएर त्यो महसुस हो रहेछ । समाजले सदैव कमजोर अनि हेलाँको बिचमा राख्न रुचाउने नारी पात्र भित्र ममता रुपि संरचना छ । पुरुष भित्रको अहम्तामा नारी पात्र एउटा कथाको पात्र मात्र हुन। हामी पुरुष प्रधान समाजमा छौँ । मैले पहिलो संगत गरेको पुरुष जातिमा मेरा बा,बा भित्र छुट्टै संरचना छ । कठोरता,कर्मठता,बहादुरिता,कर्तव्यपरायन यी गुणहरु बा सँग छन मलाइ थाहा छ। एउटा पुरुष संरचना र नारी संरचनामा बा आमाको तुलनामा साँच्चै फरक छन । बा भित्र कठोरता छ, आमा भित्र एउटा ममताको गाग्रो छ जस्ले सारा सृष्टिलाई शुस्वबित बनाउन पुर्ण छ। प्रेम,दया यि सबै कुराको समग्र रुप नै नारी हो । तपाईं मैले हामी सबैले जन्म पहिले र जन्म पछि पनि महसुस गर्ने एउटा ममतामय पात्र भनेको आमा हो । आमा नै एउटा यस्तो पात्र हुन जो भित्र छन त बा को जस्तै मुटु छ, बा को जस्तै हड्डीहरु छन तर पनि त्यहाँ भित्र छुट्टै ममता छ प्रेम छ माया छ अनि छ दयाहरु । तपाईंलाई थाहा छ ,चराको लागि नारी भनेको चरी हो, तपाईंले कहिलै हेर्नू भएको छ चरी भित्रको ममता, चरी भित्रको स्नेह,चरी भित्रको दया हो त्यही दया हरेक प्राणी को नारी जातीमा छ यसैले नारी नै एउटा यस्तो शब्द हो जस्ले तीन वटै युगको प्रतिनिधित्व गर्छ ।

हामीलाई थाहा छ सत्य युगमा नारि भनेका अप्सरा मेनुका,देवी आदि थिए । ती भित्र पनि ममता थियो प्रेम थियो अनि दया थियो ।महादेवको पत्नी पार्वतीको एउटा उदाहरण दिनु यी कुराहरुको जरो कुरा हो । आफुले जन्मनै नदिएर पनि अगाध प्रेम दिएर आफ्ना सन्तानलाई खुसि पार्न सक्ने क्षमताको उदाहरण तिनी बाहेक को हुन सक्छिन र । पिता भित्र रिसले बास गरेको हुन्छ भन्ने एउटा उदाहरण सत्य युगका तिनै महादेव बन्न सक्छन जस्ले आफ्नै सन्तानलाई नचिनेर रिसले मरनासन्न बनाइ दिए। त्यो भन्दा पछिको युगहरुमा पनि नारी जातीको छुट्टै अस्तित्व रहयो । पार्वती,सिता,लक्ष्मी,मन्नोधरी,द्रौपती यी सबै विभिन्न युगका प्रतीनिधि पात्र हुन जस्ले समस्त नारी जातिको प्रतिनिधित्व गर्दछन ।

तपाईं, म,समाज सबैले देखेको नारी भनेकै आमा हो। आमा भित्रको ममताले नै समस्त नारी जातीको अस्तित्वलाई जोगाइ राखेको छ। नारी भित्र हुने अर्को संरचना भनेको माया अनि ममता हो । यो समस्त नारी जाती भित्रको संरचना हो । हरेक नारी आमा बन्छे, जति नै ब्यबहारमा क्रुर भए पनि नारी भित्र प्रेम हुन्छ । एउटा आमाको आँखाबाट हेर्ने हो भने नारी नै ममताको खानी । आमा भन्नू नारि हो। । त्यसैले नारी भित्र आमा हुन्छन,अनि आमा भित्र ममता त्यो नै ठूलो संरचना हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares