Saturday, May 24
Shadow

अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन


  • -इ
  • इ+

काठमाण्डौँ, भाद्र १६
अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगर कमिटि गठन भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगरपालिकामा देभाशिष ढकालको नेतृत्वमा १९ सदस्यीय समिति चयन भएको छ ।

अनेरास्ववियू क्रान्तिकारी नुवाकोट विदुर नगरपालिकाको मंगलबार भएको प्रथम भेलाले ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलाबाट सुरेन्द्र श्रेष्ठ नगर इञ्‍चार्ज तोकेको छ ।

नवगठित समितिमा उपाध्यक्षमा भूमिका श्रेष्ठ, सचिव नमराज रिमाल, सहसचिव संकल्प रिजाल र कोषाध्यक्ष करिस्मा गजुरेल चयन भएका छन् भने सदस्यहरुमा बिपिन तामाङ, रिचन बोगटी,विवेक तामाङ, रामशरण डंगोल, गीता मकराती, जयराम श्रीमाली, सन्देश श्रीमाली, विशाल मकराती, पुनम थापा, सन्ध्या रोक्का, सुस्मा लामा, पूजा अधिकारी, सुमन अर्याल र प्रवीण बोगटी रहेका छन् ।

माओवादी केन्द्र नुवाकोट समन्वय समितिका संयोजक एवं वाग्मती प्रदेश सांसद हिरानाथ खतिवडाको प्रमुख आथित्यतामा भएकफ भेलामा जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज रामचन्द्र पौडेलको विशेष उपस्थिति रहेको थियो । त्यस्तै अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला कमिटीका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares