Saturday, May 9
Shadow

Author: Interview Nepal

योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)

योगेश र सुनीता को “छमक छमक” तीज गित बजारमा सार्बजनिक (भिडियो सहित)

टिप्स, भिडियाे, मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी ललितपुर, भाद्र ०२ पछिल्लो समय कोरोनाको माहामरीले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकारहरु लाई तिज गीतको तछडमछड भएको छ,लकडाउन खुकुलो भए संगै स्टुडियोमा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घुईचो समेत लागेको छ ।गीतमा अग्रज कलाकार हरु आदरणीय योगेश प्यान र सुनीता बुढा क्षेत्रीको अवाज रहेको छ । दर्शक श्रोताले गितलाई निकै मन पराएका छन् भने गितको म्युजिक भिडियोलाई महेश महाराले छायांकन एवम् मनोज कार्कीले सम्पादन गरेका छन् भने निर्देशक मौसम हिमालीले गरेका छन् । “छमक छमक” मौलिक तीज गीतमा अग्रज कलाकारहरु धुर्बा हिमाली, करिश्मा ढकाल, कृष्ण ईसा पूर्व, सुस्...
काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै

काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै

Uncategorized, टिप्स, समाचार, स्वास्थ्य
भदौ २, काठमाण्डौ केशब श्रेष्ठ काठमाण्डौ जिल्लामा भदौ १ गतेदेखि ९ वटा लक्षित वर्ग तोकेर महानगरपालिका भित्र ६ वटा अस्पताल र अरु सबै नगरपालिकामा केन्द्र तोकी कोभिड १९ विरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज दिएको स्वस्थ्य कार्यलय काठमाण्डौले जनाएको छ । पहिलो डोज कोभिडशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाइ समेत यो अभियनमा अष्ट्राजेनिका खोप दिइने र जनस्वस्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने कार्यलयले बताएको छ । बेलायतसंगै भारतमा पनि परिक्षण भैरहेको अष्ट्राजेनिका खोप नेपाल सहितका देशका लागि निकै प्रभावकारी हुने र खोपको प्रभावकारिता खोपको मात्रामा रहने बताउदै आइएको छ । एक डोज दिदा मात्रै पनि कोभिड सङ्क्रमण निको हुने दर ६२ प्रतिशत रहेको अष्ट्राजेनिकाले जनाएको छ । यो खोप सबै उमेर समुहका लागि प्रभावकारी रहेको पाइन्छ । खासगरि वृद्धवृद्धामा पनि यसको प्रभाव देखिनुलाइ विज्ञह...
नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सवमा राष्ट्रीय मदरसा संघ नेपाल द्वारा केन्द्र प्रमुख सम्मानित

नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सवमा राष्ट्रीय मदरसा संघ नेपाल द्वारा केन्द्र प्रमुख सम्मानित

समाचार
कपिलवस्तु, कृष्णनगर भाद्र २ नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्र पनि ३६औं वार्षिकोत्सव हिजो भाद्र १ गते का दिनमनाएको छ। कृष्णनगर वितरण केन्द्रको भवनलाई इलेक्ट्रॉनिक रंग(बिरंगी बत्तीले सजाई परिसर भित्र वितरण केन्द्रका प्रमुख कमर आलम खां, इन्जिनियर रिजन ग्वाछा ,सहायक लेखा अधिकृत भरत राज घिमिरे लेखापाल सुरेन्द्र प्रसाद पाण्डेय लगायत कर्मचारीहरुले दीप प्रज्जवलन गरी एक अर्कालाई मिठाई खुवाउदै खुशयालीका साथ ३६औं वार्षिकोत्सव मनाएका छन्। उक्त खुशीको अवसरमा सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुको मनोबल बढाउनको लागि राष्ट्रीय मदरसा संघ नेपालका टोलीले ३६औं वार्षिकोत्सवक कार्यक्रममा सहभागी भइ उक्त वितरण केन्द्रका प्रमुख, इन्जिनीयर, सहायक लेखा अधिकृत लाई दोसल्ला ओढ़ाई सम्मानित समेत गरी संघका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफीले कृष्णनगर वितरण केन्द्रका सम्पूर्ण पदाधिकारी तथा कर्मच...
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, समाचार
लक्ष्मण श्रेष्ठ ०२ भाद्र, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न नेपाल सरकारलाई निर्देशन दिएका छन् । मगंलबार विज्ञप्ति जारी गर्दै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था बारे आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विशेषगरी श्रम स्वीकृति नलिई त्यहा पुगेका र भिसा अवधि समाप्त भएका नेपालीहरु बढि जोखिममा रहेको आयोगले जनाएको छ । उनिहरुको रोजगार गुमेको अवस्थामा र खान बस्न पनि कठिन भएको परिस्थितिमा समस्या भोगिरहेको भन्दै आयोगले त्यहा भएका नेपालीहरुको सरकारसंग एकिन तथ्यांक नभएकोमा चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा जोखिममा रहेका नेपालीहरुको तथ्यांक तत्काल संकलन गर्न र वास्तविक अवस्था पत्ता लगाई सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई प्रेश विज्ञप्ति मार्फत आयोगले ध्यानार्...
सात बर्ष पछि मोदनाथ तिमल्सिनाको मलेसियाबाट उद्धार

सात बर्ष पछि मोदनाथ तिमल्सिनाको मलेसियाबाट उद्धार

टिप्स, समाचार, समाज
१ भदौ, काठमाण्डौ मकवानपुर जिल्लाको मकवानपुरगढी गाउपालिका वडा नं ६ स्थित घर भएका मोदनाथ तिमल्सिना मलेसिया गएको विगत सात बर्ष देखि मलेसियामै बेखबर थिए । अपुग जिन्दगी बिताइरहेको बेला धन कमाउन भनेर बिदेश गएका उनि सात बर्ष सम्म बेपत्ता हुदा उनको घर परिवारले आसै मारिसकेका थिए । मलेसिया देखि घर आइपुग्दा उनको परिवारको खुसिको सिमा रहेन । श्रीमान वेपत्ता हुदा घरमा कमाइ गर्ने मान्छे नभएपछि श्रीमतिले आफ्नो गहना समेत बेचेर रात दिन नभनि काम गर्दै आफनो बाल बच्चालाई पढाउदै घर व्यवहार चलाउदै आइरहदा घरको कान्छो छोरोले पनि घर छाडेर हिडेका थिए । श्रीमान नभएको बेला ऋण तिर्न नसकेपछि गाउलेको पिटाइ समेत खाएको उनकी श्रीमतिले बताएकी छिन् । घरमा कमाउने मान्छे नहुदा पनि दुख, कष्ट र सङ्घर्ष गरेर एक नारिले आफ्नो परिवार को जिम्वेवारी पुरा गर्नु निकै कठिनाइ हुन्छ । यस्तो कठिन परिस्थीतिमा पनि उनकी श्रीमतिले हिम्मत ...
इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

अपराध, आर्थिक, मुख्य समाचार, शिक्षा, सुचना प्रविधि
  लक्ष्मण श्रेष्ठ ०१ भाद्र, काठमाडौं नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश वि...
खोटाङको भुलभुले दुधकुण्ड पर्यटकिय स्थलको रुपमा विकसित हुदै

खोटाङको भुलभुले दुधकुण्ड पर्यटकिय स्थलको रुपमा विकसित हुदै

समाचार, समाज, स्थानिय तह
३२ साउन, काठमाण्डौं केशब श्रेष्ठ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ स्थित नेर्पामा रहेको भुलभुले दुधकुण्ड हलेसी पछिको जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकसित हुदै आएको छ । गणेश, शिवजि र बुढा निलकण्ठ भगवानको मुर्ति रहेकाले यहँ साउनको सोमबार शिवजीको पुजा गर्न शिवभक्त जाने गरेका छन् । यस मन्दिरमा विशेष त बालाचतुर्दशी र राम नवमीमा ठुलो मेला लाग्ने गरेको छ । त्यस्तै ऋषि तर्पणी पुर्णिमामा पनि धामी झांक्री जाने र नुहाउने प्रचलन रहेको छ । भुलभुले दुधकुण्डमा खोटाङ लगायत छिमेकि जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, उदयपुर, सिन्धुली र भारतका समेत पर्यटक तथा भक्तजन आउने गरेका छन् । यस मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ । यस ठाउलाई यलम्बर राजाले राज्य गरेको ठाउ पनि भनिन्छ । यस क्षेत्रका स्थानियहरु होमस्टे सन्चालन गर्ने तयारिमा लागेका छन्...
मेलम्ची क्षेत्र अझै जोखिममा

मेलम्ची क्षेत्र अझै जोखिममा

टिप्स, मौसम, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ३२ साउन,काठमाडौं मेलम्चीमा पुन बाढी आएपछि पछिल्लो समयमा गरेको अध्ययनले अझै जौखिममा रहेकाले पूर्ववत गर्न नसकिने खानि तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ । विभागले गत २२ साउनबाट अध्ययन सुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बास्कोटाले बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको हाका हाकी बहसमा उनले भेमाथाङ भन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै अवस्थामा जुनसूकै समयमा बग्ने बताएका छन् । काठमाडौैं विश्व विद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमूख डा.रिजनभक्त कार्यस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले सर्तकता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेका सानाठूला सबै नदीहरुमा जूनसुकै समयमा...
कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार, स्वास्थ्य
जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्। नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो। गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो। प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन। ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपला...
ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन २७ ककनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पुर्ण प्रकृया पुरा गरेको छ । सामाजिक सुरक्षा भत्ता बितरणलाई थप सहज बनाउने उदेश्यले गाउँपालिकाले श्रावण २६ गते आयोजना गरेको सामाजिक सुरक्षा संग सम्बन्धित सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो । अन्तरक्रिया कार्यक्रमामा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामाले सामाजिक सुरक्षा भत्ता समयमै बितरण गर्न गाउँपालिका प्रयत्नशिल रहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रमामा ककनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर नेपालले सम्झौता अनुरुप पुर्ण अपाङ्ग र ९० बर्ष माथिका ज्येष्ठ नागरीकलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैङ्कहरुलाई निर्देशन दिँदै सम्पुर्ण लाभग्राहिहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गराउनुहुन सम्पुर्ण लाभग्र...