Friday, April 26
Shadow

मौलिक तीज गीत “माईती घरको आँगनी” म्युजिक भिडियो डिजिटल बजारमा


  • -इ
  • इ+

महेन्द्र अधिकारी/ललितपुर, भाद्र १८
पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् ।

यसै सन्र्दभमा अभिनव चौहानको शब्द सिर्जना तथा स्वरमा “माईती घरको आँगनी” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा अभिनव चौहानको शब्द सिर्जना तेजेन्द्र दुराको लय सिर्जनामा सीता नागरी, धर्मेन्द्र धामी र अभिनव चौहानले आवाज दिएका छ। मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज र मिक्सिङ्ग कृष्ण लामिछानेले गरेका हुन्।

त्यसैगरी भिडियो तर्फ विक्रम परियारको निर्देशन तथा कोरियोग्राफी ,योगेश शाक्य र दीपक श्रेष्ठको छायांकनमा दीपक श्रेष्ठले नै सम्पादन गरेका हुन् जसमा दिपेन्द्र ,सिता,साहिर,सन्धया,सफल,सृष्टि, योदिन र आकृति को अभिनय रहेको छ । “माईती घरको आँगनी” बोलको गित बजारमा राजेश भन्डारी को अफिसियल युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ ।

पुरा म्युजिक भिडियो हेर्न तलको लिकं खोलेर हेर्नुहोला :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares