Thursday, April 25
Shadow

“सिन्दुरको धर्को” म्युजिक भिडियो डिजिटल बजारमा


  • -इ
  • इ+

महेन्द्र अधिकारी
ललितपुर, भाद्र १६ ।

पछिल्लो समय कोरोनाको कारणले गर्दा गीत संगित क्षेत्रमा केही असर परेको छ तर नेपाली कलाकार र गायक गायिकाहरुले यस्तो कोरोनाको माहामारीको बेलामा पनि दर्शकहरुलाई केहि मनोरञ्जन दिनका लागि भएपनि केहि नौलो प्रस्तुतिहरु सधै साभार गरिरहेका छन् ।

यसै सन्दर्भमा गायक प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको संयुक्त मौलिक लोक दोहोरी गीत “सिन्दुरको धर्को” डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रकाश सापकोटा र मन्दिरा तिमल्सिनाको आवाज रहेको यस गीतमा गायक प्रकाशको संगीत र गायिका मन्दिराको शब्द रहेको छ ।

रमेश सेन्चुरीले एरेन्ज गरेको गीतलाई सुरताल डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोलाई केपी तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका हुन् जसमा प्रकाश सापकोटा ,मन्दिरा तिमल्सिना, मञ्जु ढुङ्गाना र भगवती तिमल्सिना को अभिनय रहेको छ । “सिन्दुरको धर्को” बोलको गित बजारमा मिलन फिल्म प्रोडक्सन को अफिसियल युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ ।

भिडियो हेर्नुहोस्

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares