Thursday, April 25
Shadow

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ

२१ भाद्र, काठमाडौ ।

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम तारानाथ लुइँटेल को कार्यकारि अध्यक्षतामा जमल स्थित एल्लो प्यागोडा होटेलमा हिजो सम्पन्न भएकोथियो ।

देशमा बिघमान सम्पुर्ण बेथिति,बिसङति,भ्रष्टाचार ,एमसिसि राष्ट्र घाति रहेको राष्ट्रिय स्वार्थ हिन विपरितका आनेकौ देशि तथा बिदेशी चलखेल हस्ताक्षप विरुद्ध सधै भरि जनतालाई जाग्रत गराई राख्नका लागि आन्दोलनको घोषणा गरेका छन। सरकार का हरेक काम कारवाहि वारे समाजलाई सुसुचित तुल्याउन आमनागरिकलाई मुलुकको अवस्था बारे जानकारि गराउन राष्ट्रव्यापि रुपमा कार्यक्रमहरु गर्ने कार्यकारि अध्यक्ष ले बताएका छ्न।

अशोज ३ गतेबाट सयुक्त मोर्चा आन्दोलन गर्ने र बैदिक सनातन हिन्दु धर्मको साथसाथै राज सस्थाको पुनःस्थापना को माग गर्न देश्व्यापि रुपमा राष्ट्र प्रेमिहरुलाई आन्दोलन मा सहभागि हुन संयोजक हरिबोल भट्टराई ले आहवान गरेका छ्न।

नेपालको स्वतन्त्रता, सार्वभौमता,अखण्डता र राष्ट्रिय स्वाधीनता नेपालि जनताको एकता र सिमानाको सुरक्षा जस्ता बिषयहरुलाई सदा अगुण्ण राख्ने सयुक्त जनान्दोलन मोर्चाले जनाएको छ।

बर्तमान राज्य प्रणाली द्वारा राष्ट्रको स्वाधिनता र नेपालि जनताको एकता स्वाभिमान क्रमशः स्खलित हुदै गएको भन्दै व्रतमानमा हाम्रो आदि अनादि काल देखिको नेपाल बैदिक सनातन अखण्ड र राज सस्थां सहितको नेपाल हाम्रो राष्ट्रिय पहिचान र राष्ट्रिय एकताका लागि सयुक्त जनान्दोलनको बान्छानियत् महसुस गरि यो मोर्चा को निर्माण गरिएको पत्रकार सम्मेलनमा घोषणा गरेका छन।

उक्त कार्यक्रममा प्रमुख आथिति स्वामि चक्रदार आचार्य ,मोर्चा का सयोंजक हरिवोल भट्टराई,शिखर राईमाझि,सह अध्यक्ष बिष्णु भट्टराई,बरिष्ठ उपाध्यक्ष दिनेश कडेल तथा सल्लाहकारहरु जगत ब।थापा,भुपेन्द्र ऋषि दकाल,हेमा श्रेष्ठ,आदित्य मान श्रेष्ठ,राजु उपाध्य र बिक्रम बम को उपस्तिथि रहेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares