Friday, April 26
Shadow

प्रधानमन्त्री ओली चितवन जाँदै, सभालाई सम्बोधन गर्ने


  • -इ
  • इ+

काठमाडौँ, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् ।

चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिइन् । सभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर र्यालीसहित आउने व्यवस्था गरिएको उन को भनाई छ ।

उनका अनुसार पूर्वबाट आउने नेता कार्यकर्तालाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउनेलाई चौबीसकोठी र उत्तरबाट आउनेलाई मालपोतचोकमा जम्मा भई र्यालीसहित आउने व्यवस्था गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares