काठमाण्डौँ, माघ १६
सरकारी तलब र भत्ता खाएर विभिन्न संघ संस्थामा रहेर काम गर्नेले नेपालका सडकमा रहेका बेसहारा मानिस नदेखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मानवसेवा आश्रमको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगतको मेची महाकाली यात्राको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । भत्तावालाले नदेखे पनि विशुद्ध समाज सेवामा रहेका मानवसेवा आश्रमका स्वेयमशेवकले देखेर उद्धार गर्न समेत सफल भएको प्रधानमन्त्री ओलीले बताए ।
नेपालमा मानव उद्धारका लागि भनेर संचालनमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले मानव उद्धारमा उदासिनता देखाएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । सरकारले सडक मानव मुक्त नेपाल होला भनेर मौन बसिरहेको बेला उक्त अभियानले ६ सय जना मानिसको उद्धार गर्नुले पनि सरकारलाई त्यस क्षेत्रमा ध्यानाकर्ष गराएको प्रधानमन्त्री ओली बताए ।
अभियानको सुरुवातमा सफल यात्राको शुभकामना दिएको सम्झदै प्रम ओलीले सो शुभकामना पनि सरकारले गरेको राम्रा कामहरु मध्ये भएको बताएका छन् । उद्धारको क्रममा संकलन गरेको भिडियो हेर्दा भावुक भएका प्रधानमन्त्रीले २०७८ साल सम्ममा सडक मानव मुक्त देश बनाउने प्रतिबद्धता समेत राखेका छन् ।