Friday, April 26
Shadow

प्रधानमन्त्री ओलीको आग्रह -पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न होला


  • -इ
  • इ+

काठमाडौँ , पुस २४ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई भगौडाको संज्ञा दिएका छन् ।

धनगढीमा आयोजित सुदूरपश्चिम स्तरीय जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर सडकमा बसेर हामी यहाँ छौ भन्दै नाटक गरेको आरोप लगाएका छन् ।

हामीलाई गालीगलौज गर्न फुर्सद छैन भन्दै प्रधानमन्त्री ओलीले आफु देशको विकासमा लागेको बताएका छन् ।पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न उनले सुदूरपश्चिमका पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

आफुलाई देशमा चाहिने आफैले उत्पादन गर्ने दिशामा सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले कृषिको विकासमा विशेष ध्यान दिने बताए ।प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पुआधुरालाई नेपालको नक्शामा समावेश गरेकोले नै अहिले राष्ट्रिय राजनीतिमा कोकोहोलो गरेको आरोप लगाएको उनले बताए ।

नक्कली राष्ट्रवादीहरुलाई छटपटी भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पहलमा नै संबिधानको निशान छापमा सबैदललाई मनाएर एक ठाउमा ल्याएको दाबी गरे ।

अहिले देशमा अलिकति संकटजस्तो अवस्था देखिएको छ, अलिकति जटिलता जस्तो देखिएको छ । देशबाट संघियता जाने भयो, गणतन्त्र जाने भयो भनेर सडकमा उफ्रिरहेका छन् । उनले भने ।

प्रधानमन्त्री ओलीले दुई चार जनाले पार्टी छोडेर जादैमा फरक नपर्ने भन्दै गायक जीवन शर्माको गीत पिलो निचोरिदै शरीरको वजन कम हुदैनु भन्ने स्मरण गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares