Thursday, April 25
Shadow

साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ


  • -इ
  • इ+

काठमाडौं , पुस २९ । सिराहाबाट स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन्।

बरियारपट्टी गाउँपालिका-१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो।

उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए।दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares