Thursday, April 25
Shadow

चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ


  • -इ
  • इ+

काठमाडौं, पुस २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट खटिएको टोलीले चित्तलको मासु काटिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।

४ किलो चित्तलको मासु सहित चार जना महिलाहरुलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा वांसगढी नपा ९, थुमनी बस्ने मोनकला भण्डारी, जुन चन्द ठकुरी, जैसरा विक र सावित्रा वली रहेका छन् ।
उनीहरुले थुमनीस्थित घरमा मासु काटिरहेको अवस्थामा सेनाको टोलीले फेला पारेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares