Sunday, May 5
Shadow

Tag: पक्राउ

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, पुस २४ । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।...
मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध
काठमाडौं, पुस २४ । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो । बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी...
मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ

मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ

मुख्य समाचार, समाचार, समाज
सर्लाही, २३ पुस । मालपोत कार्यालय हरिवन सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् । जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु।११ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । यस्तै नायब सुब्बा बेदनिधी बराल समेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ ।...
बाईपासमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ती पक्राउ

बाईपासमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ती पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ धारिलो हतियार प्रहार गरी हत्या गर्ने पक्राउ परेका छन् । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुबोध शर्मालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बाईपास ओरालोस्थित तरुण मा वि नजिक सडक खण्डमा सुबोधले मंगलवार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।...
गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।...
अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १८ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परिक्षा केन्द्रहरुबाट १० जना नक्कली परीक्षार्थीहरु फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।...
मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ

मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । चितवनको रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् । जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । बागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले मुर्तिसहित उनीहरूलाई पक्राउ गरेको हो ।...
काठमाडौँको मैतिदेवीबाट दिउँसै खुकुरी प्रहार गरि  लुटपाट गर्ने ५ जना पक्राउ

काठमाडौँको मैतिदेवीबाट दिउँसै खुकुरी प्रहार गरि लुटपाट गर्ने ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १७ । काठमाडौँमा एक पुरुषलाई खुकुरी प्रहारी गरी १ लाख ६६ हजार ९ सय १५ रूपैयाँ लुटेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए। गजमेरबाट सहकारीका कागजात तथा चेकबुकसमेत लुटेर उनीहरू फरार रहेका थिए। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२७ कमलाक्षीका भुरुङखेल बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका–२६ नरदेवी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेवी घर भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेवी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका–२ घर भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन्। नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफेनजिक ...
१८ किलो अफिमसहित तीन पक्राउ

१८ किलो अफिमसहित तीन पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १६ । प्रहरीले १८ किलो लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।१८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए । ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए । उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ता...
सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, पुष १६ काठमाण्डौँको चन्द्रागिरी नगरपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउँ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट दुई जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउँ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ का २३ वर्षिय सूर्य तामाङ र धादिङ धुनिवेशी नगरपालिका वडा नं ५ का १९ वर्षिय मनोज राई रहेका छन् । धादिङबाट काठमाण्डौँ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी बृत थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलाबाट उक्त खपेटा फेला परेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई सितापाईलाबाट पक्राउँ गरेको हो । उनिहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...