Friday, April 19
Shadow

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, अभियोगमा ६० वर्षीय व्यक्ति परे पक्राउ


  • -इ
  • इ+

काठमाडौं , माघ ७ । ‘राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ’ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तुलसीले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि काठमाडौं दरबारमार्गबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares