Friday, March 29
Shadow

नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी


  • -इ
  • इ+

काठमाडौँ , फागुन ४ । नेपाली काँग्रेसले बैतडी घटनाको निन्दा गरेको छ ।बैतडीको डिलासैनीमा भएको काँग्रेसको विरोध सभामा नेकपाको ओली पक्षले आक्रमण गरेर काँग्रेसका नेता एनपी साउदसहित कैयौं कार्यकर्ता घाइते भएका थिए ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताले नियोजित रुपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।

काँग्रेसले सत्ताको उन्माद नदेखाउन चेतावनी दिदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ ।

काँग्रेसको विज्ञप्ति स:

डिलासैनी घटना निन्दनीय । सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी ।

बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के।पी। शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन।पी। साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो ।

सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares