Friday, March 29
Shadow

Tag: काँग्रेस

ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २१ । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाट समेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो । संसद् पुनःस्थापनापछि बनेको नयाँ राजनीतिक कोर्समा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन । सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहला...
सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २० । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई डाकेको जनाइएको छ । पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ । कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ । नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउव...
काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेकोलाई सकारात्मक भनेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको र ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।...
मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रुपमा विभाजित नेकपाको मझधारमा उभिएको छ । नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै अहिले पर्ख र हेरको नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ । कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको च्याँखे का रुपमा पनि अथ्र्याइएको छ । सांगठनिक रुपमा कमजोर काँग्रेसका लागि सत्ता वा संगठन निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्नेछ । अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरुको छ । अहिले क...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । नेकपाको दाहाल(नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा ...
सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् । ‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् । उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च ...
प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक: काँग्रेस (विज्ञप्तिसहित)

प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक: काँग्रेस (विज्ञप्तिसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ७। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश २ को प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको विरोध गरेको छ । काँग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्सर्ना गरेको हो । काँग्रेसले सरकारले प्रदशको गरिमा घटाउने काम गरेको टिप्पणी गर्दै संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति काम नमिल्ने बताएको छ । काँग्रेसले एकातिर निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको काँग्रेसको टिप्पणी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेकी थिइन् । काँग...
१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ६ । नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए । विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगायतको अधिवेशनको कार्यतालिका भने सामान्य हेरफेर गरेको उनले बताए । बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस...
प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटको बि पि स्मृति भवन उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पुर्व प्रधानमंत्री शेर बहादुर देउवा नुवाकोट जाने भएका छन् । साथै सो कार्यक्रममा अन्य प्रभावशालि नेताहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसि, डा.रामशरण महत, शशांक कोईराला, गगन थापा, प्रदिप पौडेल, बहादुर सिंह लामा लगाएतका नेता उपस्थीत हुने छन् । कार्यक्रम सदरमुकाम विदुरमा मध्यान्न १२ बजे हुने छ ।...
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए । सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिवि...