Saturday, April 20
Shadow

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?


  • -इ
  • इ+

काठमाडौँ, माघ ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।यसअघि पनि सरेर माघ ६ गते ९मंगलबार० का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन।

कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै सबै स्थानीय तहमा प्रदर्शन गरेको थियो। माघ ८ गते पनि ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्दै छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares