Tuesday, May 7
Shadow

काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो


  • -इ
  • इ+

काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसले १४औ महाधिवेशन आगामी भदौमा गर्ने भएको छ । आज बसेको केन्द्रीय समितीको बैठकमा भदौमा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ ।

यस अघि तोकिएको फागुन ७ देखि १० सम्मम काठमाडौँमा गर्ने भनिएको महाधिवेशन हुननसकेपछि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन् ।

बुधबार अपराहन्न २ बजे बैठक बस्ने भनिएको भएपनि महाधिवेशनको नयाँ मितिका लागि शिर्ष नेताहरुको अनौपचारिक छलफल पछि साँझ ६ बजेपछि मात्र बैठक शुरु भएको थियो ।

नयाँ प्रस्तावमा भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ ।

साथै आजको बैठकले केन्द्रीय समितीको कार्यकाल ६ महिना थप समेत भएको छ । यस अघि चार बर्षे कार्यकाल सकिएपछि गतबर्ष सभापति देउवाले पार्टी विधान अनुसार एक बर्ष कार्यकाल थपेका थिए ।

यस पटक ६ महिनाको कार्यकाल भने संबिधानमा रहेको व्यवस्था अनुसार थप हुदै छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।

काँग्रेस महाधिवेशनका लागि क्रियाशील सदस्यतामा निकै विवाद रहेको छ । तोकिएको समयमा क्रियाशील सदस्यता वितरण नहुदा र विवाद भएका जिल्लाहरुको विवाद समाधान नहुदा हरेक महाधिवेशन अघि काँग्रेसको यो विवाद बढ्ने गर्दछ ।

बुधबार भएको शिर्ष नेताहरुको अनौपचारिक छलफलमा जेठ मसान्तसम्म क्रियाशील सदस्यता विवाद मिलाएर महाधिवेशनमा जाने सहमति भएको बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares