Friday, March 29
Shadow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


  • -इ
  • इ+

काठमाडौँ , फागुन ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।

कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ ।

यहि फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares