Sunday, May 19
Shadow

Month: April 2023

सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कंदै

सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कंदै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज दिउँसो स्वदेश फर्कंदै छन् । भारतमा उपचार गराई उनी काठमाडौं फर्कन लागेका हुन् । उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उनका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । गुल्मी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य भण्डारी आज दिउँसो नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौं नियमित उडानमार्फत नेपाल फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा करिब साढे दुई महिना उपचार गराएर सांसद भण्डारी स्वदेश फर्कन लागेका हुन् । भारतमा उनको मुख्य अपरेसनलगायत उपचार गरिएको मीनप्रसादले बताए । अब बाँकी उपचार र हेरचाह नेपालमै गरिने उनले जानकारी दिए । उनका अनुसार काठमाडौंमै थप उपचार गराउने सांसद भण्डारीको इच्छापछि चिकित्सकसित सल्लाह गरी यहाँ ल्याउन लागिएको हो । ड्रेसिङलगायत कार्य यहीँ गरिने मीनप्रसादले बताए ।...
अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अयोग्य लडाकुलाई दुई दुई लाख दिने निर्णय गलत भएको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । देशमा आर्थिक सङ्कटका बीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नै नेतृत्वको जनयुद्धका अयोग्य लडाकुहरू रकम दिनु गलत रहेको नेपालको भनाई छ । अध्यक्ष नेपालले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको भन्दै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट पार्न आग्रह गरे।...
सभामुखले राखेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र शेर बहादुर देउवा अनुपस्थित

सभामुखले राखेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र शेर बहादुर देउवा अनुपस्थित

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो । बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । प्रधानमन्त्रीले बैठक नबस्ने जानकारी ९ः१५ तिरमात्रै गराएको बर्तौलाले जानकारी दिए । संसद्मा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको बर्तौलाको आरोप छ । शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रचण्ड र देउवाले दुई दिनपछि बस्ने गरी स्थगित गर्न आग्रह गरेका थिए । १ गतेको बैठक केपी शर्मा ओलीज...
तारकेश्वर – ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो

तारकेश्वर – ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो

समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाको ५ नम्बर वडाको नागार्जुन माबिको प्रांगणमा ५ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गर्‍यो । बुलन्द आवाजका संचालक राजन नेपालले जनताको प्रस्न , सुझाव लाई सहजीकरण गरेका थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।अतिथिहरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल हुनुहुन्थ्यो  । उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस्या , सडकको समस्या ,सडक बत्ति को समस्या , स्वास्थमा थप सेवाका लागि प्रविधि ,पर्यावरणको रक्षा , सार्वजनिक जग्गा र सरकारी जग्गाको संरक्षण , शिक्षण संस्थाको समस्या , ढलको समस्या लगायत बिषयमा सुझाव /गुनासो हरु आएका थिए । वडा सचिब , नगरपालिका को सामाजिक बिकास संयोजक-परशुराम अर्याल , वडा सदस्यहरुले र  परशुराम अर्य...
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई बुझायो १४ बुँदे ज्ञापन पत्र

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई बुझायो १४ बुँदे ज्ञापन पत्र

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले सो ज्ञापन पत्र बुझाएको हो। भन्सार प्रशासनमा लक्ष्य अनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझाव सहित ज्ञापन पत्र बुझाएको परिषद्ले जनाएको छ। उनीहरूले भन्सार एजेन्टले भोगिरहेका समस्या बारे पनि अर्थमन्त्रीलाई जानकारी गराएका छन्।ज्ञापन पत्र  बुझाउँदै राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले आर्थिक वर्ष सुरु भएको ९ महिनाको अवधिमा लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकिरहेको अवस्थामा अब बाकी अवधिमा सो राजश्व कसरी उठाउन सकिन्छ भन्नेबारे अर्थमन्त्रीलाई सुझाव दिएका थिए।  भन्सारमा आवश्यक रहेको नीतिगत सुधारको विषयमा अर्थमन्त्रीसँग छलफल भएको अर्यालले बताए। ' राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव समिर विष्टले अर...
मेरो शत्रु मेरो मित्र

मेरो शत्रु मेरो मित्र

विचार
अमेरकिकाको सोह्रौं राष्ट्रपति अब्राहम लिंकनको जन्म सन् १८०९ फेब्रुअरी १२ मा एक गरीब अश्वेत परिवारमा भएको थियो । अमेरिकामा दास प्रथाको अन्त्य गर्ने श्रेय लिंकनलाई नै जान्छ । उनको सन् १८६५ अप्रिल १५ मा टाउकोमा गोली प्रहार गरी हत्या भएको थियो । हामीलाई मार्ग दर्शन गर्न सक्ने अब्राहम लिंकनसँग जोडिएका केही किस्साः मेरो शत्रु मेरो मित्र जब धेरै संघर्षका साथ अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने । संघर्षको समयमा उनले धेरै मानिसहरुको बदलिएको रुप देखे । राजनीतिमा जे पनि हुन्छ त्यो उनलाई पनि भयो । उनमाथी धेरै घृंणा फैलाइयो । नानाथरीका दुःख दिइयो तर उनको दृढसंकल्पका अघि विरोधिहरु हैरान भए । अन्ततः अमेरिकी जनताले उनको व्यक्तित्वलाई पहिचान गरे र साथ दिए । राष्ट्रपति बनेपछि अभिनन्दन समारोहमा उनका एक हितैषी मित्रले बधाई दिदै भनेः देशको बागडोर आफ्नो हातमा आएपछि अब तपाई आफ्नो बलको उपयोग आफ्नो विरोधीलाई...
किन हाम्रो पहिचान क़ायम नगर्ने ! – डा.अम्वरिश पोख्रेल

किन हाम्रो पहिचान क़ायम नगर्ने ! – डा.अम्वरिश पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
कहाँबाट कसरी बोलुन सचेत जनता , यहाँ आफूविपरीत बोल्नेबित्तिकै काटुँला, मारुँलाजस्तो गर्छन्। दल कुन बेला बिक्छ भन्ने ठेगान नहुने देशमा, नेताले कुन बेला गद्दारी गर्छ भन्ने देशमा, उनीहरूले देश नै नबेच्ला भन्न सकिन्न । अहिले कुन पार्टीको यस्तो नेता छ, जो उभिँदा सबै जातजाति, भाषाभाषीले मानोस् ? त्यही भएर सबैले मान्ने एउटा गर्विलो संस्था होस् भन्ने मान्यता हो । जब देशलाई संकट परेको बेला त्यो संस्था जहिले संकटमोचकका रूपमा उभिएको होस । यो जनता, राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति तथा स्वपहिचानको पनि विषय हो नेपालमा । अहिले हामी निरपेक्ष भएका छौं भन्छौं तर कहिले अनुमान गर्नुभएको छ, यदि यहाँका अधिकांश जनताले वा अल्पसंख्यक जनताले नै किन नहोस्, अपनाउँदै आएको रीति रिवाज धर्म संस्कृति, परम्परा तथा मान्यता बिरुद्द यो देशको राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री सभामुख आदि आदिले बोल्न लेख्न र त्यो अ...
“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

“जनगायिका हेलिन बोलेक” हार्दिक श्रद्धाञ्जली

ब्यानर समाचार, साहित्य/कला
भोको पेटको आवाज हेलिन बोलेक ! नाङ्गा पैतालाको चाल हेलिन बोलेक ! उत्पीडितहरुको न्यायको निम्ति आवाज विहीनहरुको आवाज बनेर । पीडकहरु विरुध्द बम बारुद बनेर मानवहितको निम्ति पड्कीरह्यौ ...!! आफ्नो वर्गको पक्षमा, गितारको झंकार सँगै आवाजको स्वतन्त्रताको लागि तिम्रो बलिदान ! एक्काईसौं शताब्दीको तानाशाही शासकहरु विरुध्द तिम्रो आवाज कोरोना भाइरस झै फैलिरहने छ ! आगोको ज्वाला झैं दन्किरहने छ ! युग युग सम्म दुनियाँले गाउने छ ! तिम्रो वीरताको गाथा !! अनि भन्ने छ, हेलिन बोलेक ... जिन्दावाद !! हेलिन बोलेक ... अमर रहुन्!! चौथो स्मृति भोक हड्तालको क्रममा टर्कीको शासक द्वारा हत्या गरिएको "जनगायिका हेलिन बोलेक" हार्दिक श्रद्धाञ्जली उपेन्द्र तिमिल्सिना कागेश्वरी मनोहरा - ५ काठमाडौं...
मान्छे

मान्छे

साहित्य/कला
मान्छे , आउँछ अनी जान्छ ! जोडिन्छ अनी तोडिन्छ ! भेटिन्छ र छुटिन्छ पनि घटना अनी परि-घटनाहरुको घुम्तिहरुमा कतै गोरेटोमा कतै मूलबाटोमा भेटिनु र छुटिनु उही दोबाटो रहेछ ! कति मिठा पलहरु बोकेर कति नमिठा क्षणहरु खेपेर पिडाको भारी बोक्दै छुटिनु पर्ने ! काँडा जस्तै बिझिरहने ! तितो लाग्ने सत्यलाई भूलेर पनि जोडिनु पर्ने ! सायद मान्छे सँग स्वार्थी रसायन हुनुको विवशता होला! कोही विचार दिएर जान्छन् कोही भाव शून्य बनाएर छुट्छन् ! कोहि आँसु बोकेर आउँछन् कोही पिडा छोडेर जान्छन् ! कोहि खुसी लुटेर जान्छन् ! हो , त्यसैले त ! कोही जिवन दिएर जान्छन् ! कोही जिवन लिएर जान्छन् ! कतै जिवन भेटिन्छ , कतै जिवन मेटिन्छ र त मान्छे ! स्मृतिमा बस्नेले छोडी दिन्छ ! विस्मृत हुनुपर्ने आई रहन्छ ! त्यसैले त , मान्छेको मूल्य फरक फरक रहेछ !! मान्छेको बुझाई अर्कै अर्कै रहेछ !! सत्य...
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने : अर्थमन्त्री प्रकाशशरण महत

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने : अर्थमन्त्री प्रकाशशरण महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए । ‘तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु’, उनले भने, ‘मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।’ सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि गरेका थिए । भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटा...