Friday, April 24
Shadow

Month: January 2023

कर्णालीको विरह मनमा घाम कहिले ??

कर्णालीको विरह मनमा घाम कहिले ??

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
अर्थशास्त्र ------------- लगानी गर्नेले प्रतिफल बढी खोज्छ भवमा गुनी नाफा घाटा कनकपुर नै रोज्छ जगमा सबै व्यापारीको चलन नगदे रीत रुपियाँ धनी बन्ने इच्छा मनुज भवमा बन्छ उपियाँ लगानी हो सारा बहुमत सबै भोट कविजी लगानी हो नारा शिखर नरको नोट रविजी उही हीरामोती रजगज उही अर्थ बटुली उनै लक्ष्मी माता अभिमत उही स्वार्थ नखुली सबैको बाटो हो कमिशन बढी टन्न बगली कुरा मात्रै राम्रा सुन न अनुजा बात पगली मिले खाए धेरै अविरल कथा रोग घरमा अघाए बौलाए शकुनि पथमा देश डरमा! चुनावी हावाले पतकर लगी दूर वनमा हुने पोले सारा कहर अघिका ढुक्क मनमा थियो आशा यस्तो दनुज अहिले फर्किन गए लडे आफैं आफैं अनुज अनुजा झर्किन गए सधैं सत्ता रोगी नगदपुरको फाटक भयो लगानी भुक्तानी मन मगजमा हाटक गयो सुदामा पैलेका महल धनले मख्ख अहिले उता कर्णालीको विरह मनमा घाम कहिले??...
सलामी  खान मरिहत्ते गर्छ हुटिट्याउँ , चार अंगुलको पिर्का चढेर

सलामी खान मरिहत्ते गर्छ हुटिट्याउँ , चार अंगुलको पिर्का चढेर

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, साहित्य/कला
  हुटिट्याउँ फगत एक बित्ता अग्लो पिर्का चढाइदिएपछि, सारा सगर आफैंले थामेको आत्मरतिमा स्वस्खलित हुँदै, तन्क्क तन्केर सलामी खान्छन् हुटिट्याउँहरू! हुटिट्याउँहरूलाई लाग्छ, धन्न हामीले रातो टालो कुल्चेर सलामी खाइदिनाले पो बाँचेको छ नेपाल, र बाँचेका छन् तमाम नेपालीहरू! नालापानीमा भोकभोकै लड्दा न बलभद्रले पाए सलामी, न अमरसिंह न भक्ति थापाले थाहा पाए, क्या हो सलामी! आजकाल निर्यात गरेर सग्लो भर्भराउँदो ठिटो , बाकसमा नि:शब्द देहसँगै भित्र्याउने गरेकाले बिटो, सत्ताको शिखर चुम्न छिटो छिटो, जो गर्दछ रात दिन तिरंगी र फिरंगीको गुलामी, उही हुटिट्याउँ मरिहत्ते गर्छ खान, चार अंगुलको पिर्का चढेर सलामी! अमृत खरेल । २०७९।९।२४...
नेपालका लागि नयाँ चिनियाँ राजदूत

नेपालका लागि नयाँ चिनियाँ राजदूत

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्। राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् । दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए। ...
पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।

पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
नागरिकता बनाये,बनाए राहदानी । म पनि जान्छु अब खाडीको बालुवाखानी । तेरो भरमा मेरो घर चलेन सरकार । म दिन,दुखीको अब तलाई के दरकार । पुर्खा कहिले लाहुरे बने कहिले, हाड घोट्ने कालो पहाड गए । मैले अब उनीहरूकै पाईला पछ्याउने भए । रेमिट्यान्स पठाउला खर्च चलाउन । मेरो रगत र आँसुको मान मनितो राख्नु । बाचेको रहर अनि कहरको तलाई वार्षिक करतिरौंला । मरे रातो बाकसमा घर फर्कुला। यो शहर त रहेछ खान्दानीहरुको राजधानी । म पनि जान्छु अब खाडीको बालुवाखानी । बन्धकी राख्याछु घर-खेतवारी साहुलाई । बुझाको छु अन्नको भकारी । मेरो पसिना आईन्दा बग्ने भो साउदीको मरुभूमि मा । एक टुक्रा धर्ती रहेन आफ्नै जन्म भुमि मा। जिन्दगीको हिसाब_किताब यता कहिले नमिल्ने । नियतिको बही खाता मिलाउन म त अब उतै सुईकिने। सरकारले उता नजा भनेन राज्यले यता नागरिक गनेन । मेरो हारगुहार सुन्ने आफ्नत नै रहेन स्वदेशमा । थाहा छैन ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा

नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा जनवरी ६ तारीखमा सुरु भै ७ तारीखमा सम्पन्न हुनेछ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल पेन्ट उद्योग संघका अध्यक्ष - बिश्व प्रकाश साखःले गर्नुभएको थियो । प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब - डा.तोयानारायण ज्ञावली , अतिथिहरु भन्सार बिभाग महानिर्देशक - चक्रबहादुर बुढा , उद्योग बिभाग महानिर्देशक - रामचन्द्र तिवारी , गुणस्तर तथा नापतौल बिभाग महानिर्देशक - दिनानाथ मिश्र , आन्तरिक राजस्व बिभाग महानिर्देशक - दीर्घ राज मैनाली , नेपाल उद्योग बाणिज्य महासंघ बरिस्ठ उपाध्यक्ष - चन्द्रप्रकाश ढकाल , नेपाल पेन्ट संघका उपाध्यक्ष - अभिषेक मुरारका , महासचिव - चन्द्रपक खड्गी हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बालेर गर्नुभयो । स्वागत मन्तव्य कार्यक्रमका अध्यक्षले गर्नुभएको थियो ।स्वाग...
देशभक्त बौद्धिक समुदायको ध्यानाकर्षण पत्र बुझ्ने समय दिएनन प्रधानमन्त्रीले

देशभक्त बौद्धिक समुदायको ध्यानाकर्षण पत्र बुझ्ने समय दिएनन प्रधानमन्त्रीले

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
स्वतन्त्र बौद्धिक समुदायले रिपोर्टस क्लबमा एक कर्यक्रम गरि प्रधानमन्त्री लाई नीति तथा कार्यक्रम निर्माणमा ध्यानाकर्षण गरेको छ । उक्त कार्यक्रम गोविन्द बोहरा ब्राह्मण ले संचालन गर्नुभएको थियो भने अध्यक्षता राजिव झा ले गर्नु भएको थियो । वक्ताहरूमा, राजिव झा, गोविन्द बोहरा "ब्रह्माण्ड", भुमिनन्द देवकोटा, नारायण शर्मा पौडेल, अनिल सिंह , दिनेश खनाल । भुमिनन्द देवकोटाले ध्यानाकर्षण पत्र पढेर ब्याख्या गर्नुभएको थियो । अनिल सिंहले आजसम्मका प्रगतिशील क्रान्तिकारी भनेर आएका कुनै पनि पार्टीले आफ्नो जनता प्रतिको दायित्व बुझ्न सकेनन । यस्तै हो भने अब जनताले फेरि अर्को आन्दोलन / युद्ध गर्ने स्थिति आउँछ यस्तो अवस्था हुन दिने छुट यो सरकारलाई छैन भन्नुभयो । नारायण पौडेलले आफू माओवादी युद्धमा लाग्दाको आदर्श र नारा जनताको पक्षमा नभएकोले आफुले पुनः आन्दोलनमा भाग लिन पर्ने स्थिति भएको बताउनुभयो । कार्यक्रम...
बिदा लिएर बाली घुम्न गए बालेन

बिदा लिएर बाली घुम्न गए बालेन

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक हप्ता लामो इन्डोनेसिया भ्रमणमा गएका छन् । मंगलबार श्रीमतीसहित इन्डोनेसिया गएका बालेनको यो व्यक्तिगत भ्रमण रहेको उनको सचिवालयले जनाएको छ । उनका स्वकीयसचिव भूवदेव शाहका अनुसार उनी पुष २५ गते नेपाल फर्किने कार्यतालिका छ । इन्डोनेसियाको बाली नेपालीहरुको लागि सबैभन्दा धेरै भ्रमण गन्तव्यको शहर हो । यहाँ जानको लागि पूर्ववत् भिसा लगाउनु नपर्ने भएकोले यहाँ नेपालीहरु धेरै घुम्न जाने गर्छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण रहेको पनि शाहले बताए ।...
टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना

टोखा नगरपालिका : सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्ने सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
टोखा नगरपालिकाले यस क्षेत्र भित्र दर्ता भई सञ्चालनमा आएका व्यक्ति तथा संघ संस्था लाई सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्न भनि एक सूचना जारी गरेको छ। साथै दर्ता नभएको व्यवसायीहरूले व्यावसाय दर्ता गरि कर तिर्न नगरपालिकाले यस सूचना द्वारा जानकारी गराएको छ। सूचना मा उल्लेख भए अनुसार नगर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन अनुसार कारबाही हुने बेहोरा समेत जानकारी गराईन्छ । ...
कालो सुचीमा व्यवसायी/आपूर्तिकर्ताहरु, को को परे हेर्नुस्

कालो सुचीमा व्यवसायी/आपूर्तिकर्ताहरु, को को परे हेर्नुस्

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई सरकारले कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् । निर्धारित समयमा काम नगरी कालो सूचीमा परेकाहरुमा सूर्योदय कन्ट्रक्सन र यसका संचालक तुल्सीराम रायमाझी रहेका छन । सो कन्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राख्न भनिएको छ । उक्त फर्मलाई कालो सूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखराले लेखी पठाएको हो । यो कम्पनीले समयमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो । एसएसपी कन्ट्रक्सन धादिङ र यसका संचालक फौदनाथ सापकोटालाई कालो सूचीमा राख्नका लागि खैरहनी नगरपालिका चितवनले ...