Saturday, April 20
Shadow

बिदा लिएर बाली घुम्न गए बालेन


  • -इ
  • इ+

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक हप्ता लामो इन्डोनेसिया भ्रमणमा गएका छन् । मंगलबार श्रीमतीसहित इन्डोनेसिया गएका बालेनको यो व्यक्तिगत भ्रमण रहेको उनको सचिवालयले जनाएको छ ।

उनका स्वकीयसचिव भूवदेव शाहका अनुसार उनी पुष २५ गते नेपाल फर्किने कार्यतालिका छ ।

इन्डोनेसियाको बाली नेपालीहरुको लागि सबैभन्दा धेरै भ्रमण गन्तव्यको शहर हो । यहाँ जानको लागि पूर्ववत् भिसा लगाउनु नपर्ने भएकोले यहाँ नेपालीहरु धेरै घुम्न जाने गर्छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण रहेको पनि शाहले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares