Tuesday, April 23
Shadow

कालो सुचीमा व्यवसायी/आपूर्तिकर्ताहरु, को को परे हेर्नुस्


  • -इ
  • इ+

काठमाडौं । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई सरकारले कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् ।
निर्धारित समयमा काम नगरी कालो सूचीमा परेकाहरुमा सूर्योदय कन्ट्रक्सन र यसका संचालक तुल्सीराम रायमाझी रहेका छन । सो कन्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राख्न भनिएको छ ।

उक्त फर्मलाई कालो सूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखराले लेखी पठाएको हो । यो कम्पनीले समयमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो ।

एसएसपी कन्ट्रक्सन धादिङ र यसका संचालक फौदनाथ सापकोटालाई कालो सूचीमा राख्नका लागि खैरहनी नगरपालिका चितवनले भनेको छ । श्रीराम निर्माण सेवा रौतहटका संचालक सुनिल कुमार साहलाई कालो सूचीमा राख्नका लागि शहरी विकास तथा भवन निर्माण आयोजना पर्साले लेखिपठाएको हो ।

शर्मिला कन्स्ट्रक्सन सेवा रोल्पा, सत्यावती अर्डर सप्लार्यस सुर्खेतलाई कालो सूचीमा राखेको छ । यी कम्पनीलाई कसले कालो सूचीमा राखेको भन्ने खुलाइएको छैन । गुलरिया फर्मास्टिकका संचालक मनोज कुमार अधिकारीलाई कालो सूचीमा राख्नका लागि स्वास्थ्य निर्देशनालय वेनीले भनेको हो । सचितानन्न सप्लार्यस तथा कन्ट्रक्सन इलामका संचालक रमेश श्रेष्ठलाई इलाम नगरपालिकाले कालो सूचीमा राख्नका लागि लेखिपठाएको हो ।

त्यसैगरी प्रवेश ट्रेडर्स संचालक परशु राम खतिवडालाई शसस्त्र प्र्रहरी वल काठमाडौंले कालो सूचीमा राख्नका लागि लेखिपठाएको हो । मुस्कान सप्लार्यस पर्साका संचालक सम सुल हक मियाँलाई कालो सूचीमा राख्नका लागि जगरनाथपुर गाउँपालिकाले लेखिपठाएको हो ।

कोहिनुर इम्पोरियर काठमाडौंका संचालक अष्टकुमारी मानन्धरलाई कालो सूचीमा राख्नका लागि नेपाली सेना सम्भार रथी विभाग काठमाडौंले लेखिपठाएको हो । मुक्तिनाथ रुपेश कन्ट्रक्सन एण्ड सप्लार्यस हेटौडाका संचालक रुपेश घिमिरेलाई कालो सूचीमा राख्नका लागि हरिहरपुर गाउँपालिका सिन्धुलीले अनुरोध गरेको हो ।  सेफ मेटल एण्ड कन्ट्रक्सन प्रा.लि विरगञ्जका संचालक जावेद हुसेनलाई कालो सूचीमा राख्नका लागि गृह तथा संचार मन्त्रालय जनकपुरले भनेको हो । हेक्सीङ कम्पनी लिमिटेड चाइनाका संचालक झाङ सिक्वानलाई कालो सूचीमा राख्नका लागि नेपाल विद्युत प्राधिकरणले लेखि पठाएको हो । जगदम्वा निर्माण सेवा वाराका संचालक राजेश सरार्फलाई कालो सूचीमा राख्नका लागि गृह तथा संचार मन्त्रालय जनकपुरले लेखिपठाएको हो । त्यस्तै किसन कन्ट्रक्सन जनकपुरका संचालक अरुण कुमार साहलाई कालो सूचीमा राख्नका लागि गृह तथा संचार मन्त्रालय जनकपुरले लेखिपठाएको हो । ड्राइगन कन्ट्रक्सनका संचालक वैजनाथ यादवलाई कालो सूचीमा राख्नका लागि गृह तथा संचार मन्त्रालय जनकपुरले लेखिपठाएको हो ।

त्यसैगरी, दिव्याक्षा कन्ट्रक्सन एण्ड सप्लार्यसका बानेश्वरका संचालक नारायण सापकोटालाई आठविसकोट गाउँपालिका रुकुमले कालो सूचीमा राख्नका लागि सिफारिस गरेको हो । एशियन बोरिङ तथा कन्ट्रक्सन प्रा.लि चितवनका संचालक रामशरण कार्कीलाई कालो सूचीमा राख्नका लागि खानेपानी, सिंचाइ तथा ऊर्जा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतले लेखि पठाएको हो ।

सिम्लेश्वर विल्र्डस काठमाडौंका विश्वनाथ अधिकारीलाई कालो सूचीमा राख्नका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले लेखि पठाएको हो । सिल्क मार्केट प्रा.लि काठमाडौंका संचालक रमेश शेर्पालाई कालो सूचीमा राख्नका लागि कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंले लेखिपठाएको हो शेर्पाले मल आयातका लागि लिएको ठेक्का समयमा सम्पन्न गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो ।

सिल्क, सिमोच ,ग्लोवल म्याट्रिक विधि जेभीका मुख्य व्यक्ति क्रमश अजय थापा, वेइ फेङ, नवीन तुलाधर, भीमाकान्त भण्डारीलाई कालो सूचीमा राख्नका लागि कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंले लेखिपठाएको हो । यी कम्पनीले मल आयातका लागि लिएको ठेक्का समयमा सम्पन्न गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares