तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न
तारकेश्वर नगरपालिकाको बाह्रौं नगर सभा तारकेश्वर नगरपालिका - ६ स्थित हेल्पिङ ह्यान्डको भवनमा सम्पन्न भयो। कार्यक्रम संचालन नगर प्रबक्ता राधाकृष्ण खड्गी ले गर्नुभएको थियो ।
सभाको सभाअध्यक्ष नगर प्रमुख कृष्णहरि महर्जनले गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान जि हुनुहुन्थ्यो । विषेश अतिथिहरुमा प्रदेश सांसद अमन मास्के , रामबिर मानन्धर , रामेश्वर बोहरा , बिष्णुभक्त तिमल्सिना हुनुहुन्थ्यो । अतिथि हरुमा नगरका राजनैतिक दलका प्रमुख/प्रतिनिधि हरु थिए ।प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । उद्घाटन पछि नगरप्रमुख कृष्णहरि महर्जनले नगरसभामा अर्धबार्षिक कार्यक्रमको समिक्षा सहित भएगरेका योजना र अब गरिने कार्यक्रम को पत्र बाचन गर्नुभएको थियो । स्वागत मन्तव्य विदुर सापकोटाले राख्नु भएको थियो भने वडा अध्यक्ष हरुको तर्फबाट नगरवासीको हितमा नगरबासी र नगरप...






