Friday, April 19
Shadow

नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा


  • -इ
  • इ+

काठमाडौ – नेपाल पेन्ट उद्योग संघको २३औं बार्षिक साधारणसभा होटल क्राउन इम्पेरियलमा जनवरी ६ तारीखमा सुरु भै ७ तारीखमा सम्पन्न हुनेछ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल पेन्ट उद्योग संघका अध्यक्ष – बिश्व प्रकाश साखःले गर्नुभएको थियो ।
प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब – डा.तोयानारायण ज्ञावली , अतिथिहरु भन्सार बिभाग महानिर्देशक – चक्रबहादुर बुढा , उद्योग बिभाग महानिर्देशक – रामचन्द्र तिवारी , गुणस्तर तथा नापतौल बिभाग महानिर्देशक – दिनानाथ मिश्र , आन्तरिक राजस्व बिभाग महानिर्देशक – दीर्घ राज मैनाली , नेपाल उद्योग बाणिज्य महासंघ बरिस्ठ उपाध्यक्ष – चन्द्रप्रकाश ढकाल , नेपाल पेन्ट संघका उपाध्यक्ष – अभिषेक मुरारका , महासचिव – चन्द्रपक खड्गी हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा बत्ति बालेर गर्नुभयो ।
स्वागत मन्तव्य कार्यक्रमका अध्यक्षले गर्नुभएको थियो ।स्वागत मन्तव्यको क्रममा अध्यक्षले सरकारले कच्चा पदार्थमा लाग्ने भन्सार महसुल घटाउन माग गरेको छ । पेन्टका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा उद्योगले तयार वस्तुको भन्सार महसुल बराबरको भन्सार महसुल तिर्नुपर्नेमा पनि संघले चिन्ता व्यक्त गरेको छ । संघका अनुसार कुल बिक्रीको करिब ७५ प्रतिशत पानीमा आधारित रङको ओगटेको छ भने रंगका लागि आवश्यक पर्ने कच्चा पदार्थ एक्रिलिक पोलिमर आयातमा सरकारले लगाएको कर बजारमुखी नभएको जनाएको छ ।
उत्पादन बढाउन उद्योगी हरुलाइ थप प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनु पर्ने , कच्चापदार्थको थप सहजीकरणको लागि ब्यबस्था गर्नुपर्ने , निर्यातमा सहजीकरण गर्नुपर्ने बिषय हरु राख्दै कार्यक्रमका प्रमुख अतिथि , अतिथि , पत्रकार लगाएत उपस्थित सबैलाई आफ्नो सब्द द्वारा स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि , अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा उद्योग र उद्योगीहरुलाइ उत्पादन बढाउन र निर्यातमा सक्दो सहयोग गर्ने सबै अतिथि , प्रमुख अतिथि बताउनुभयो ।
संघको बार्षिक प्रगति प्रतिबेदन र कार्यक्रम माथि छलफल गरेर आगामी थप कार्यक्रम साधारणसभाले पास गर्नेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares