Friday, May 3
Shadow

रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र २९
भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares