काठमाण्डौँ, चैत्र २९
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ सय ३ जना संक्रमित भएका छन् । यो समेत गरी कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।