Sunday, August 14
Shadow

तरुण दलका नेता सबिन थापाले वृद्धाश्रममा खाद्यन्न वितरण गरेर मनाए जन्म दिन


  • -इ
  • इ+


काठमाण्डौँ, चैत्र २३
पछिल्लो समय जन्मदिन विभिन्न ठाउँहरुमा सहयोग गरी मनाउने क्रम बढेको छ ।

जन्मदिनका अवसरमा साथीभाईहरु माझ रमाइलोमा गरिने खर्च कटाएर वृद्धाश्रम, बाल आश्रम तथा गरिव दुखीहरुका लागि खर्च गर्ने युवाहरुको चलन जस्तै बनेको छ ।यसैक्रममा तरुण दलका नेता सबिन थापाले आफ्नो जन्मदिन वृद्धाश्रममा खाद्यन्न तथा अन्य उपभोग्य सामाग्री वितरण गरेर मनाएका छन् ।

तरुण दल काठमाडौं-नुवाकोट सम्पर्क समितिका कोषाध्यक्ष समेत रहेका थापाले मनमैजूमा रहेको नवजीवन परोपकार समाज सेवामा दाल, चामल, नुन, तेल, ग्यास, मास्क, साबुन लगायतका खाद्य तथा अन्य सामाग्रीहरु वितरण गरे ।सोमवार जन्मदिनको अवसरमा परोपकार समाज पुगेर थापाले खाद्यान्न सामाग्रीहरु उक्त संस्थाका संस्थापक सदस्य मिरा के सिलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह के सि, काठमाडौं महानगरपालिका वडा न. १६ अध्यक्ष मुकुन्द रिजाल, नेविसंघका नेताहरु सुशील भट्ट, निरन्जन थापा, पवन थापा साथै ककनि- काठमाडौं सम्पर्क समिति का अध्यक्ष ऋषि तामाङ्ग,पञ्चकन्या- काठमाडौं का अध्यक्ष गणेश सिटौला,तरुण दलका नेता हरु सन्तोषप्रसाद ओझा, रामचन्द्र लामिछाने, लगायतको उपस्थिती रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्