काठमाण्डौँ, चैत्र २०
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्राैलाले बताइन्।
प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको अर्का केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए। उनका अनुसार नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालाय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी छन्।